२५ माघ, हेटौंडा । एकता महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जिल्ला अधिवेशन गर्दैछ । मकवानपुरमा जिल्ला अधिवेशन प्रतिनिधिबीच अध्यक्षका उम्मेदवारबारे चर्चा भईरहेको छ ।
अधिवेशन प्रतिनिधिहरूले जिल्ला अध्यक्षमा यसपाली सांसद गणेश थापाको उम्मेदवारीबारेे चर्चा गरिरहेका छन् । राप्रपाका एक नेताले थापाले उम्मेदवारी दिए निर्विरोध अध्यक्ष चयन हुने दावी गरेका छन् । पछिल्लो समय जिल्लामा सक्रिय देखिनु थापाको नेतृृत्वका लागि तयारीको रूपमा धेरैले बुझेका छन् । केही नेताहरूले थापालाई खुलेरै उम्मेदवार हुनुपर्ने बताईरहेका छन् भने केहीले भित्री रूपमा अघि बढ्न 'ग्रिन सिग्नल' दिएका छन् । तर फुटवलको विवाद र राजनीतिक सुजबुझ कम रहेेकाले उनलाई नेतृत्व अाउन नदिन कसरत समेत भईरहेको छ ।
अध्यक्षको उम्मेदवारको रूपमा वर्तमान अध्यक्ष रामहरी न्यौपानेले पनि प्रतिनिधिहरूसंग छलफल चलाईरहेका छन् । पुराना राप्रपा नेता सिताराम वर्तौलाको नाम पनि पाका प्रतिनिधिहरूको मुखबाट अाईरहेको छ । तर वर्तौलाले अाफु पार्टी र जनताप्रति वफादार रहेकाले पार्टीले दिएको जिम्मेवारी बहन गर्ने बताउँदै उम्मेदवारीबारे नबोल्ने बताए । हालका केन्द्रीय सदस्य एवम् निवर्तमान अध्यक्ष नवराज विष्ट अहिले चर्चामा रहेका भन्दा समन्वयकारी स्वभावका भएकाले उनले सबै कार्यकर्ताको भावना समेट्ने केही प्रतिनिधिको सुझाव छ ।
पार्टी एकिकरणपछि भएको पहिलो अधिवेशन भएकाले सबैलाई मिलाएर लैजान कार्यकर्ताको सुझाव छ । राप्रपा नेपाल सत्तामा रहँदा ईमान्दार कार्यकर्ता पाखामा परेको भन्दै एकिकरणपछि काखा र पाखाको रोग हट्नुपर्ने उनीहरूको सुझाव छ ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















