Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आईएसआईको निर्देशनमा काम गर्ने ५ नेपाली पक्राउ

Top-10-Best-Intelligence-1486462809.jpg

२५ माघ, बारा । पाकिस्तानी गुप्तचर संस्था आईएसआईको निर्देशनमा आपराधिक गतिविधी गर्दै आएका ५ नेपालीलाई बारा प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई  प्रहरीले मंगलवार सार्वजनिक गरेको छ ।
प्रहरीले आईएसआइका लागि आपराधिक गतिविधी गरेको अारोपमा पक्राउ परेका बारा कलैया नगरपालिका ८ का ४८ बर्षीय सम्सुल होदा, महागढीमाई नगरपालिका तेगछीयाका २७ बर्षीय बृजकिशोर गिरी, कलैया नगरपालिका ४ का २४ बर्षीय आशीष सिंह, कलैया नगरपालिका १० का ३५ बर्षीय मोजाहीर अन्सारी र कलैया नगरपालिका ४ का २३ बर्षीय उमेश कसमार कुर्मीलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो । बाराको करैया जंगलमा पुस १३ गते घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका भारत आदापुरका दीपक राम र अरुण रामको हत्या आईएसआईको निर्देशनमा भएको खुलेपछि होदालाई नेपाल प्रहरीले इन्टरपोलको मद्दतमा दुवईबाट पक्राउ गरी सोमबार साँझ बारा ल्याइएको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । 
पत्रकार सम्मेलनमा भारतको घोडासहनस्थित रेल्वे ट्रयाकमा बम राख्नका लागि होदाले बृजकिशोर गिरी मार्फत् रक्सौल गम्हरीका उमाशंकर पटेललाई ८ लाख भारु पेश्कीका रुपमा दिएका थिए । काम सफल भए होदाले तीन करोड रुपैयाँ गिरी र उनलाई सहयोग गर्नेलाई दिने सम्झौता गरि ८ लाख रूपैयाँ पेश्की दिएका थिए । पेश्की रकम उमाशंकरले भारत आदापुरका दीपक र अरुणलाई दिई रेल्वे ट्रयाकमा बम राख्न लगाए पनि काम सफल भएन । 
काम नभएपछि होदाले रकम फिर्ता लिन बृजकिशोरलाई भनेपनि अरुण र दीपकले रकम फिर्ता नगरेपछि बृजकिशोरले गत पुस १० गते बाराको करैया जंगलमा बोलाएर मोजाहीर, उमेश र आशीषको सहयोगमा बोलाएर अरुण र दीपकको घाटी रेटेर हत्या गरेको प्रहरीले खुलासा गरेको थियो ।पक्राउ परेकाहरूमाथि अनुसन्धान बढाईएको प्रहरीको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार