Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

आईएसआईको निर्देशनमा काम गर्ने ५ नेपाली पक्राउ

Top-10-Best-Intelligence-1486462809.jpg

२५ माघ, बारा । पाकिस्तानी गुप्तचर संस्था आईएसआईको निर्देशनमा आपराधिक गतिविधी गर्दै आएका ५ नेपालीलाई बारा प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई  प्रहरीले मंगलवार सार्वजनिक गरेको छ ।
प्रहरीले आईएसआइका लागि आपराधिक गतिविधी गरेको अारोपमा पक्राउ परेका बारा कलैया नगरपालिका ८ का ४८ बर्षीय सम्सुल होदा, महागढीमाई नगरपालिका तेगछीयाका २७ बर्षीय बृजकिशोर गिरी, कलैया नगरपालिका ४ का २४ बर्षीय आशीष सिंह, कलैया नगरपालिका १० का ३५ बर्षीय मोजाहीर अन्सारी र कलैया नगरपालिका ४ का २३ बर्षीय उमेश कसमार कुर्मीलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएको हो । बाराको करैया जंगलमा पुस १३ गते घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका भारत आदापुरका दीपक राम र अरुण रामको हत्या आईएसआईको निर्देशनमा भएको खुलेपछि होदालाई नेपाल प्रहरीले इन्टरपोलको मद्दतमा दुवईबाट पक्राउ गरी सोमबार साँझ बारा ल्याइएको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । 
पत्रकार सम्मेलनमा भारतको घोडासहनस्थित रेल्वे ट्रयाकमा बम राख्नका लागि होदाले बृजकिशोर गिरी मार्फत् रक्सौल गम्हरीका उमाशंकर पटेललाई ८ लाख भारु पेश्कीका रुपमा दिएका थिए । काम सफल भए होदाले तीन करोड रुपैयाँ गिरी र उनलाई सहयोग गर्नेलाई दिने सम्झौता गरि ८ लाख रूपैयाँ पेश्की दिएका थिए । पेश्की रकम उमाशंकरले भारत आदापुरका दीपक र अरुणलाई दिई रेल्वे ट्रयाकमा बम राख्न लगाए पनि काम सफल भएन । 
काम नभएपछि होदाले रकम फिर्ता लिन बृजकिशोरलाई भनेपनि अरुण र दीपकले रकम फिर्ता नगरेपछि बृजकिशोरले गत पुस १० गते बाराको करैया जंगलमा बोलाएर मोजाहीर, उमेश र आशीषको सहयोगमा बोलाएर अरुण र दीपकको घाटी रेटेर हत्या गरेको प्रहरीले खुलासा गरेको थियो ।पक्राउ परेकाहरूमाथि अनुसन्धान बढाईएको प्रहरीको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार