११ मंसिर, हेटौंडा । इंग्लीश फुटबल क्लबहरु म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरसँगै स्पेनको रियाल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् ।
समूह ‘ए’ को खेलमा मंगलबार राति फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग २–२ गोलको बराबरी खेल्दै स्पेनको रियाल मड्रिड नक आउट चरणमा छानिएको छ ।
पिएसजी यसअघि नैं राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । यही समूहको अर्को खेलमा टर्कीको गालातासारेले बेल्जीयको क्लब ब्रुजसँग १–१ गोलको बराबरी खेलेको छ ।
मंगलबार राति भएको समूह ‘बी’ को खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ ले हराउँदै टोटनह्याम हट्सपर राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।
यही समूहको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले सर्वियाको रेडस्टार बेलग्रेडलाई ६–० ले पाखा लगायो । बायर्नका लागि रोबर्ट लेवान्डोस्की एक्लैले ४ गोल गरे ।
यो समूहबाट बायर्न म्युनिख यसअघि नैं नक आउट चरणमा प्रवेश गरिसकेको थियो । गएरातिको जितसँगै टोटनह्याम समूह उपविजेता बन्ने निश्चित भएपछि अन्तिम १६ चरणमा पुगेको हो ।
उता समूह ‘सी’ को खेलमा युक्रेनको शख्तरसँग १–१ गोलको बराबरी खेल्दै म्यान्चेस्टर सिटी पनि राउण्ड अफ सिक्सटिनको लागि छानियो । यो समूहको अर्को खेलमा इटालीको एटलान्टाले क्रोएसियाको डाइनामो जागे्रबलाई २–० ले पराजित गर्यो ।
यस्तै समूह ‘डी’ को खेलमा इटालीको युभेन्टसले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराउँदा जर्मनीको बायर लिभरकुजेनले रुसको लोकोमोटिभ मस्कोलाई २–० ले पराजित गरेको छ । यो समूहबाट युभेन्टस नक आउट चरणमा पुगिसकेको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















