१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोली श्रीलंकासँग पराजित भएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलाबार भएको खेलमा नेपाली टोली श्रीलंकाको यु–२३ टोलीसँग ६ विकेटले पराजित भएको हो। घरेलु टोलीले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७३ रनको लक्ष्य पाहुना टोली श्रीलंकाले १९.१ ओभमा मात्र ४ विकेट गुमाएर भेटाउन सफल भएको हो।
लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले पहिलो ३ विकेट ४९ रनमा गुमाएको थियो। आक्रामक ब्याटिंग गरेका ओपनर पाथुम निस्संका ३० रन बनाएर सोमपाल कामिबाट आउट भए पछि लगातार विकेट गुमेको थियो। पाथुमले १२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यसपछि कामिन्दु मेन्डिस १ रन, चरिथ असलंका ६ रन बनाएर आउट भएका थिए।
तेश्रो विकेटको लागि निशान फर्नान्डो र शम्मु अशानले ९१ रनको साझेदारी गर्दै श्रीलंकालाई बलियो स्थितिमा पु¥याएका थिए। ४२ बलमा ५ चौका र १ छक्का मदतले ४६ रन बनाएका फर्नान्डोलाई पवन सर्राफले १७ औं ओभरमा क्याच आउट गराएका थिए। श्रीलंकाका लागि उत्कृष्ट इनिंग खेलेका अशानले अविजित ७२ रन बनाउ। अशानले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अशेन बान्डाराले अविजित १४ रन बनाउँदा १ चौका र १ छक्का प्रहार गरे।
बलिङतर्फ नेपालका पवन सर्राफले सर्वाधिक २ विकेट विकेट हात पार्दा सोमपाल कामी र सुशन भारीले समान १÷१ विकेट लिए।
यस अघि खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनको योगफल बनाएको थियो। नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। ४४ बल खेलेका दीपेन्द्रले ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्ल समान २१ रन तथा आरिफ शेखले १९ रन बनाएका थिए।
नेपालको सुरुवात राम्रो हुन सकेको थिएन। १ रन बनाएका पारस खड्का दोश्रो ओभरमा कभिस्का अन्जुलाबाट विकेटकिपरबाट क्याच आउट भएका थिए। त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर पवेलियन फर्किएका थिए।
चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रनमा बोल्ड भए। पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरे ।
साभार ः नागरिकन्यूज
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















