Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाललाई ३४ स्वर्ण, तालिकामा दोस्रो स्थानमा

_106936069_logoandmuscut-1575551063.jpg

१९ मंसिर, हेटौंडा । सुरुवाती दिनमा अग्रस्थानमा रहेको नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्णतालिकामा दोस्रो स्थानमा रहेको छ । 
नेपाल विहीबार सम्म ३४ ओटा स्वर्णपदक सहित दोश्रो स्थानमा रहेको हो । सागको स्वर्ण तालिकामा नेपाललाई भारतले पछि पारेको हो । भारत ४९ स्वर्ण सहित पहिलो स्थानमा उक्लिएको छ ।
सोमबार १५, मंगलबार ८ र बुधबार ६ स्वर्ण जितेको नेपालले बिहीबार साइक्लिङमा दुई तथा पौडी, तेक्वान्दो र उसुमा एकरएक स्वर्णपदक जितेको छ । 
नेपाललाई बिहीबार तेक्वान्दोको ८७ केजीमुनि तौल समूहमा भूपेन श्रेष्ठले स्वर्णपदक दिलाए । यस्तै पौडीमा गौरिका सिंह, साइक्लिङको क्रसकन्ट्री महिलामा लक्ष्मी मगर र पुरुषमा बुद्धिबहादुर तामाङ र उसुमा निमा घर्तीमगरले स्वर्ण दिलाइन् ।
योसँगै नेपालले अहिलेसम्मको सागमा एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बनाएको छ । नेपालले यसअघि सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा ३१ स्वर्णपदक जितेको थियो ।
सागको स्वर्ण तालिकामा श्रीलंका १३ स्वर्ण सहित तेश्रो तथा १२ स्वर्ण सहित पाकिस्तान चौथो स्थानमा रहेको छ । 
यसैगरी बंगलादेशले ४ तथा माल्दिभ्सले १ स्वर्ण पदक जितेको छ । पुछारमा रहेको भुटानले भने ६ वटा कास्य पदकमात्रै जितको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार