Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पोखरा प्रिमियर लिगः पोखरा पल्टनसको विजयी सुरुआत 

download-1576459403.jpg

३० मंसिर, हेटौंडा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)मा साविकको च्याम्पियन पोखरा पल्टनसले विजयी सुरुआत गरेको छ । 
पोखरा क्रिकेट रंगशालामा आइतबार भएको खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । 
कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित पोखराले १४.१ ओभरमा मात्र एक विकेट गुमाएर काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पूरा गरेको हो ।
विस्फोटक इनिङ खेलेका कुशलले ४३ बलको सामना गर्दा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै पोखराका रवीइन्दर सिंहले ३२ बलमा अविजित ३८ रन जोडेका थिए । 
आशिफ शेख १० बलमा १४ रन जोड्दै सुषन भारीको एलबिडब्युको शिकार भएका थिए । बलिङ तर्फ काठमाडौंका लागि सुषनले एक विकेट लिनु बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।
यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । सुवोध भाटीले सर्वाधिक ४५ रन जोडेका थिए । 
खराब सुरुआत गरेको काठमाडौंका लागि सातौं ब्याट्सम्यानका रूपमा क्रिजमा आएका भाटीले पोखरा पल्टन्सका लागि सर्वाधिक ४५ रन जोडको थिए । सुरुआतदेखि लगातार विकेटको पतनपछि सम्मानजनक योगफलका लागि संघर्ष गरिरहको काठमाडौंका लागि २९ बल खेलेका भाटीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठामाडौंका अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । गौरभ टोमरले १३ तथा सुषन भारीले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । 
कप्तान ज्ञानेन्द्र १, रनमा पराजित हुँदा सुषन भारी १० तथा अम्रित भट्टराई १ रनमा अविजित रहे ।
शरद भेसावकरको कप्तानीमा मैदानमा उत्रिएको पोखराका लागि ललित राजवंशी तथा कुशल मल्लले दुई तथा प्रभामेश डाके, रासिद खान र सर्बजित लड्डाले एक–एक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेल विराटनगर टाइटन्सले धनगढी ब्लुज र दोस्रो खेल काठमाडौं गोल्डेन वारियर्सले बुटबल ब्लास्टर्सको सामना गर्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार