२४ पुष, हेटौंडा । लिगको पुछारमा रहेको सरस्वती युथ क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजिन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा बिहीबार भएको खेलमा विभागीय टोली आर्मीले तालिकामा खाता खोल्न नसकेको सरस्वतीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।
बिहीबारको जितसँगै आर्मी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सम्पन्न ५ खेल मध्ये चार खेलमा जित र १ खेल गुमाएको आर्मीले १२ अंक बनाएको छ ।
आर्मीलाई स्पष्ट जित दिलाउनका लागि जर्ज प्रिन्स कार्कीको गोल निर्णायक बन्यो । ३० औं मिनेटमा कार्कीले गरेको गोलबाट आर्मीले जित निकाल्न सफल भएको हो ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । र, साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई एक अंकले पछि पारेको छ ।
दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । यस्तै सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा कुनै अंक जोड्न सकेको छैन ।
लिग अन्तर्गत बिहीबारै सम्पन्न अर्को खेलमा विभागीय टोली एपिएफमाथि ४–२ को जित निकाल्दै संकटाले जारी लिगमा दोस्रो जित निकालेको छ ।
दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे भने एपीएफका नबिन लामा र आशिष लामा लामाले एक÷एक गोल फर्काए ।
जितपछि संकटा लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।
बिहीबारको खेल सँगै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौ चरणका पनि खेल सकिएका छन् ।
आर्मी १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा मनाङ ११ अंकका साथ तालिकाको दोस्रो, मच्छिन्द्र १० अंकका साथ तालिकाको तेस्रो, थ्री स्टार समान १० अंक भए पनि गोल अन्तरका आधारमा तालिको चौथो स्थानमा छ ।
पाँचौं चरणका खेल समापन हुँदा सरस्वती युथ क्लबले अहिले सम्म कुनै खाता खोलेको छैन् ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















