२९ पुस, हेटौँडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता मकवानपुरे खेलाडि र प्रशिक्षकलाई मंगलबार सम्मान गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले सागमा पदक विजेता १३ खेलाडि र ५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
हेटौँडा उपमहानगरपालिकामा भएको सम्मान कार्यक्रममा खेलाडितर्फ स्वर्ण पदक विजेता फुटबलका सुनिल बल, कराँतेका महसुस मोक्तान, तेक्वान्दोका संजिवकुमार ओझा र निशा दर्नाल, रजत पदक विजेता उसुकी शिलु डंगोल, बास्केटबलकी माया स्यांतान र निकेश मगर र हेन्डबलकी देवकुमारी बास्कोटा र कास्य पदक विजेता कराँते रिता कार्की, उसुका हरिप्रसाद गोले, खोखोका राजन बल, बक्सिङका पुरन राई र विकास लामालाई सम्मान गरिएको थियो ।
बक्सिङका मकवानपुर प्रशिक्षक लालबहादुर पौडेल, कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठ, तेक्वान्दो प्रशिक्षक माधव कोइराला, फुटबल प्रशिक्षक विजयलाल श्रेष्ठ र उसुका राष्ट्रिय प्रशिक्षक विमल थापा मगरलाई पनि सम्मान गरिएको थियो ।
स्वर्ण विजेतालाई उपमहानगरपालिकाले १ लाख रुपैँया र समन्वय समितिले २५ हजार, रजत बिजेतालाई उपमहानगरपालिकाले ७५ हजार र समन्वय समितिले २० हजार, कास्य पदक विजेता खेलाडिलाई उपमहानगरपालिकाले ५० हजार र समन्वय समितिले १५ हजार रुपैँयासहित सम्मान गरेको थियो भने प्रशिक्षकलाई उपमहानगरपालिकाले २५ हजार रुपैँया र जिल्ला समन्वय समितिले ७ हजार रुपैँयासहित सम्मान गरेको थियो ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतले उनीहरुलाई नगदसहित सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, हेटौँडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामा जिल्ला खेलकुद विकास समतिका कार्यालय प्रमुख खुशराज दाहाल, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















