१ माघ, हेटौँडा । हेटौँडा–६ स्थित दिव्यनगरमा ५० बर्षपछि खानेपानी धारा जडान भएपछि खुशीयाली आएको छ ।
२०२६ सालमा हेटौँडा नगरपालिका स्थापना भएदेखि नै खानेपानीको माग गर्दै आएका स्थानीयले बुधबार पहिलो पटक गाउँमा खानेपानी धारा शुभारम्भ गरेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले दिव्यनगरमा पहिलो पटक जडान भएको स्थानीय केदार अधिकारीको घरको धारा उद्घाटन गरेका छन् ।
‘२०२६ सालपछि अहिलेसम्म स्थानीयको एउटै माग खानेपानी थियो, ५० बर्षपछि अहिले त्यो माग पुरा भएको छ ।’–उनले भने । स्थानीय तहको निर्वाचन भएसंगै जनताको माग अनुसार पहिलो प्राथमिकतामा राखेर खानेपानीको योजना अघि बढाएको उनले बताए । अध्यक्ष चौलागाईका अनुसार दिव्यनगर क्षेत्रको करिव ५० घरधुरीका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ को १५ लाख रुपैँया र हेटौँडा खानेपानी बोर्डको १५ लाख रुपैँया गरी ३० लाख रुपैँया लगानीमा पाईप लाईन पुर्याईएको छ ।
पाइप लाईन पुगेपछि स्थानीयले धमाधम खानेपानी धारा जडानका लागि आवेदन दिन शुरु गरेका छन् । ‘जतिपटक चुनाव आउँदा पनि हामीले उम्मेदवारहरुसंग खानेपानी योजनाको माग गर्ने गरेका थियौं ।’–धारा जडानपछि उत्साही अधिकारीले भने–‘बर्षौपछि अहिले गाउँमा सरकारी लगानीमा खानेपानी पाईप विस्तार भएको छ ।’ यस क्षेत्रका स्थानीय यसअघि एउटा ट्यांकीमा जंगलबाट पानी जम्मा गरी दुःखजिलो गरेर काम चलाउँदै आएका थिए ।
भुकम्पछि त्यो पानीको मुहान पनि सुकेपछि गाउँले काकाकुल झैं भएका थिए । खानेपानी पाईप विस्तार भएपछि ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या अन्त्य भएको उनीहरुको भनाई छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















