४ माघ, हेटौंडा । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अन्तर्गत शनिवारको खेलमा बिभागीय टोली नेपाल पुलिस क्लबले जित निकाल्दा साविक विजेता मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबमाथी २–० को जित निकालेको हो । पुलिसको जितका लागी सौजन राई र सुमन सुवेदीले १–१ गोल गरे । उनीहरुले क्रमशः खेलको २७ औँ र ४८ औँ मिनेटमा गोल गरेका हुन् ।
यस्तै शनिवारनै भएको दोश्रो खेलमा साविक विजेता टोली मनाङ मस्र्याङ्दीले थ्री स्टार क्लबसँग बराबरी खेलेको छ । मनाङ र थ्री स्टारले २–२ गोलको बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारका लागि भारतीय खेलाडी लाल रम्मावियाले दुई गोल गरे भने मनाङका लागि अन्जन विष्टले पनि दुई गोल गरे ।
शनिवारको जितसँगै पुलिसले ७ खेलमा ११ अंक जोडेर लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित जावलाखेल ७ खेलमा ९ अंक जोड्दै लिगको छैटौं स्थानमा छ ।
यस्तै शनिवारको खेलमा बराबरीपछि मनाङले सात खेलमा १३ अंक बनाएको छ । तर गोल अन्तरका आधारमा मनाङ तेस्रो स्थानमा कायम छ ।
जारी लिगमा अपराजित रहने मनाङ एक्लो टिम बनेको छ । थ्रीस्टारको सात खेलमा ११ अंकका साथ पाँचौ स्थानमा झरेको छ । लिगमा शिर्ष तीन क्लवको समान १३–१३ अंक भएको छ ।
शिर्ष स्थानको आर्मीको छ खेलमा १३ अंक छ भने दोस्रो स्थानको मच्छिन्द्रको १३ अंक नै छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















