१० माघ, हेटौंडा । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत विहिबारको खेलमा थ्रीस्टार क्लब र जावलाखेल विजयी भएका छन् ।
विहिबारको खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभुवन क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शेर्पालाई ३–१ ले पराजित गरेको हो ।
थ्रीस्टारको जितका लागि सुशील राई, सन्जोग राई र वासु ओलान्दीरान हज्मतले एक÷एक गोल गरेका हुन् । पराजित टोली हिमालयन शेर्पाका तर्फबाट एक मात्र गोल सटेफेन समिरले गरे ।
जितपछि थ्रीस्टार क्लब ८ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब चौथो स्थानमा झरेको छ ।
तालिकामा १६÷१६ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
‘ए’ डिभिजन लिगअन्तर्गत् बिहीबार भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । जावलाखेलले एपिएफलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । उनले खेलको ७१ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
त्यसअघि खेलको ५७ औँ मिनेटमा टेकेन्द्र थापाले रातो कार्ड खाँदा जावलाखेल १० खेलाडीमा सिमित भएको थियो । जितसँगै जावलाखेल ८ खेलबाट १२ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
पराजित एपीएफ ८ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















