२० फागुन, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा हुने तेस्रो संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी थालिएको छ ।
प्रतियोगिता यही चैत्र २९ गतेबाट सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २९ बाट खेल सञ्चालन गर्न अनुमती दिएकोमा विभिन्न गोल्डकपको मिति जुधेकोले आयोजकले एक महिना पछिको मिति मागेको थियो ।
गत बर्ष मकवानपुर गोल्डकपको नाममा सञ्चालन भएको गोल्डकपको नाम यस बर्षबाट स्थानीय तह तेस्रो राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप हुनेछ । प्रतियोगिताको लागि जिल्लाका स्थानीय तहले ६५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
गत बर्ष भन्दा यस बर्ष मकवानपुर गोल्डकपको पुरस्कार राशीमा समेत बृद्धि गरिने भएको छ । गत बर्ष विजेता र उपविजेतालाई क्रमश ः नगद ८ लाख र ४ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
यस बर्ष विजेतालाई १० र उपविजेतालाई ५ लाख रुपैयाँ प्रदान गरिने आयोजक फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
यस्तै विधातगत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २५ हजार, हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ प्रदान गरिने लामाले बताए ।
वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि ए डिभिजन क्लवलाई पत्र पठाइसकिएको पनि लामाले जानकारी दिए ।
मकवानपुर गोल्डकपमा विभागीय टिमसहित ए डिभिजन क्लवहरु थ्रीस्टार, मछिन्द्र, जावलाखेल, हिमालयन शेर्पा र गत बर्षको उपविजेता टिम दाफिन्सको समेत सहभागिता रहने बताइएको छ ।
गत बर्ष आयोजकको टिम मकवानपुर ११ ले प्रतियोगिता जितेको थियो । साभारः प्रदेश दैनिक
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















