२६ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ ।
कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३ सय ७१ को मृत्यु भएको हो । यो सँगै कोरोनाको संक्रमणबाट विश्वभर कुल मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८२ हजार २५ पुगेको छ । एकैदिन थप ७ हजार ३ सय ७१ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्याले ८२ हजार नाघेको हो ।
अहिलेसम्म १४ लाख ३० हजार ५ सय ९० जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन ८४ हजार ५ सय ५४ थपिएको हो । यो संख्या पछिल्लो दिनको तुलनामा बढी हो ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ३ लाख १ हजार ९ सय ४० जना जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४७ हजार ८ सय ९० जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ९ लाख ९८ हजार ७ सय ३५ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको ज्यान गएको इटलीमा अहिलेसम्म १७ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो ।
इटालीमा पछिल्लो समय ६ सय ४ जना मृतक थपिएका छन् भने ३ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् । गएको केहीदिनको तुलनामा नयाँ संक्रमित र मृतकको संख्यामा इटालीमा कमि आएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १४ हजार ४५ पुगेको छ । स्पेनमा ७ सय ४ जना थप मानिको मृत्यु भएको छ भने ५ हजार २ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार ९ सय ७० जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या १२ हजार ८ सय ४१ पुगेका छ । अमेरिकामा पछिल्लो समय मृतकको संख्यामा बृद्धि भएको छ ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३३ हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिएपछि यहाँ ४ लाख ३ सय ४ सय ३५जना संक्रमित पुगेको छ ।
यस्तै फ्रान्समा एकैदिन १ हजार ४ सय १७ जनाले गुमाएपछि यहाँ मर्नेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख कटेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ११ हजार ५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ ला ९ हजार ६९ पुगेकोे छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ६ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ७ सय ८६ जनाको मृत्यु भएको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ३ हजार ८ सय ७२, जर्मनी २ हजार १६, नेदरल्याण्डसमा २ हजार १ सय १, बेल्जियममा २ हजा ३५ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने ज्यान गुमाउनेको संख्या स्थिर जस्तै भएको छ । पछिल्ला केही दिन यता चीनमा ज्यान गुमाउनेको संख्या निक्कै घटेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा चिनमा २ जनाको मृत्यु भएको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



