Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोना कहरः एकैदिन ७ हजार बढीको मृत्यु 

add-1586310283.jpg

२६ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । 
कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३ सय ७१ को मृत्यु भएको हो ।  यो सँगै कोरोनाको संक्रमणबाट विश्वभर कुल मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८२ हजार २५ पुगेको छ । एकैदिन थप ७ हजार ३ सय ७१ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्याले ८२ हजार नाघेको हो ।
अहिलेसम्म १४ लाख ३० हजार ५ सय ९० जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन ८४ हजार ५ सय ५४ थपिएको हो । यो संख्या पछिल्लो दिनको तुलनामा बढी हो । 
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ३ लाख १ हजार ९ सय ४० जना जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४७ हजार ८ सय ९० जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ९ लाख ९८ हजार ७ सय ३५ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको ज्यान गएको इटलीमा अहिलेसम्म १७ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो । 
इटालीमा पछिल्लो समय ६ सय ४ जना मृतक थपिएका छन् भने  ३ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् । गएको केहीदिनको तुलनामा नयाँ संक्रमित र मृतकको संख्यामा इटालीमा कमि आएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १४ हजार ४५ पुगेको छ । स्पेनमा ७ सय ४ जना थप मानिको मृत्यु भएको छ भने ५ हजार २ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार ९ सय ७० जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या १२ हजार ८ सय ४१ पुगेका छ । अमेरिकामा पछिल्लो समय मृतकको संख्यामा बृद्धि भएको छ ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३३ हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिएपछि यहाँ ४ लाख ३ सय ४ सय ३५जना संक्रमित पुगेको छ । 
यस्तै फ्रान्समा एकैदिन १ हजार ४ सय १७ जनाले गुमाएपछि यहाँ मर्नेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख कटेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ११ हजार ५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ ला ९ हजार ६९ पुगेकोे छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ६ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ७ सय ८६ जनाको मृत्यु भएको छ । 
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ३ हजार ८ सय ७२, जर्मनी २ हजार १६, नेदरल्याण्डसमा २ हजार १ सय १, बेल्जियममा २ हजा ३५ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने ज्यान गुमाउनेको संख्या स्थिर जस्तै भएको छ । पछिल्ला केही दिन यता चीनमा ज्यान गुमाउनेको संख्या निक्कै घटेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा चिनमा २ जनाको मृत्यु भएको छ ।
 

123-1586310284.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार