Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

दक्षिण एसियाः भारत र पाकिस्तान कोरोनाको चपेटामा 

भारतमा १७८, पाकिस्तानमा ६१ जनाको मृत्यु

sfddddddf1-1586397072.jpg

२७ चैत्र, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि आफनो प्रभाव देखाइरहेको छ ।
दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा १ सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो समय १८ जनाको थप मृत्यु भएपछि भारतमा मर्नेको संख्या १ सय ७८ पुगेको हो । 
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ९ सय १६ पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ ५ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा ५ सय ६ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
भारतपछि कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म ६१ जनाको ज्यान गएको छ । थप २ सय २८ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या ४ हजार २ सय ६३ पुगेको छ । 
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने २ सय १८ जना संक्रमित भएका छन् । वितेको २४ घण्टामा यहाँ ३ जना मृतक थपिएका हुन् । 
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने १ सय ८९ जना संक्रमित छन् । 
दक्षिण एसियाली मुलुक माल्दिभ्स, नेपाल र भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर अवस्थामा छ । यी तीन मुलकमा अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन । 
कोरोना संक्रमणबाट माल्दिभ्समा अहिले सम्म १९ जना संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमित ९ जना रहेकोमा एक जना उपचार पछि निको भएका छन् भने अहिले सम्म ५ जना संक्रमित भएका छन् भने दुईजना उपचारपछि निको भएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार