३० चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख ८ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ८ हजार ७ सय ७० नाघेको हो । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ६ हजार ८३ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल १७ लाख ७९ हजार ९९ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८० हजार २ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ लाख २ हजार ७ सय ९ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५० हजार ५ सय ८४ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १२ लाख १७ हजार ३६ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट पछिल्लो समय सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा ज्यान गुमाउँनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ । पहिलो २४ घण्टामा यहाँ थप १ हजार ८ सय ३० जनाको मृत्यु भएको छ । यो सँगै अमेरीका संक्रमणबाट मृत्युहुनेको पहिलो स्थानमा पुगको हो । यस अघि इटाली सबैभन्दा बढी मानिसको मृत्यु हुनेको पहिलो स्थानमा थियो ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ थप ६ सय १९ जनाको मृत्यु भएपछि कुल १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।
इटालीमा पछिल्लो समय ४ हजार ६ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । यहाँ कुल १ लाख ५२ हजार २ सय ७१ जना कोरोना संक्रमित पुगेका छन् ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय ६ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५ सय २५ जना थप मानिको मृत्यु भएको छ भने ४ हजार ७ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा पछिल्लो २४ घण्टामा ६ सय ३५ जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या १३ हजार ८ सय ३२ पुगेको छ । यहाँ संक्रमितको संख्या १ लाख २९ हजार ६ सय ५४ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ९ सय १७ जनाको मृत्यु भएको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार ३ सय ५७, बेल्जियममा ३ हजार ३ सय ४६, जर्मनीमा २ हजार ८ सय ७१, नेदरल्याण्डसमा २ हजार ६ सय ४३, ब्राजिलमा १ हजार १ सय ४३, टर्कीमा १ हजार १ सय १ र स्विटजरल्याण्डमा १ हजार ३६ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या स्थिर बनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा चीनमा थप ३ जनाको मृत्यु भएको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



