१ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख १४ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख १४ हजार २ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ५ हजार ४ सय १५ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल १८ लाख ५२ हजार ६ सय ५२ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७२ हजार ६ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ लाख २३ हजार ३ सय ११ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५० हजार ७ सय ७७ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १२ लाख ६४ हजार २ सय ८६ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट पछिल्लो समय सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा ज्यान गुमाउँनेको संख्या २२ हजार १ सय ५ पुगेको छ । पहिलो २४ घण्टामा यहाँ थप १ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ थप ४ सय ३१ जनाको मृत्यु भएपछि कुल १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।
इटालीमा पछिल्लो समय ४ हजार ९२ जना नयाँ संक्रमित थपिएका छन् । यहाँ कुल १ लाख ५६ हजार ३ सय ६३जना कोरोना संक्रमित पुगेका छन् ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १७ हजार २ सय ९ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६ सय ३ जना थप मानिको मृत्यु भएको छ भने ३ हजार ८ सय ४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा पछिल्लो २४ घण्टामा ५ सय ६१ जनाले ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या १४ हजार ३ सय ९३ पुगेको छ । यहाँ संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ९१ पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा १० हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ७ सय ३७ जनाको मृत्यु भएको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ४ हजार ४ सय ७४, बेल्जियममा ३ हजार ६ सय, जर्मनीमा ३ हजार २२, नेदरल्याण्डसमा २ हजार ७ सय ३७, ब्राजिलमा १ हजार २ सय २३, टर्कीमा १ हजार १ सय ९८ र स्विटजरल्याण्डमा १ हजार १ सय ६ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या स्थिर बनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएका छन् ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











