Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु 

मर्नेको संख्या २६ हजार नाघ्यो

usa-1586915111.png

३ बैशाख, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को मार खेपिरहेको अमेरिकामा संक्रमणबाट एकैदिन २ हजार ४ सय ७ जनाको ज्यान गएको छ । 
विश्वका सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा यो सँगै कुल मृत्यु हुनेको संख्या २६ हजार २४ पुगेको छ । 
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ६ लाख १३ हजार ८८६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ १३ हजार ४ सय ७३ जनाको अवस्था गम्भिर रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै यहाँ २६ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ३८ हजार ८ सय २० जना उपचारपछि स्वस्थ्य भएका छन् । 
अमेरिकाका पचास वटै राज्यमा कोरोना संक्रमण फैलिएकोमा न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ अहिलेसम्म २ लाख ३ हजार १ सय २३ जना संक्रमित भएका छन भने १० हजार ८ सय ३४ जनाको ज्यान गएको छ । न्युयोर्कमा एकैदिन ७ हजार ४ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ ६८ हजार ८ सय २४ जना संक्रमित भएका छन भने २ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । 
यस्तै अमेरिकाको मासाचुसेटमा २८ हजार भन्दा बढी संक्रमित छन भने ९ सय ५७ जनाको मृत्यु भएको छ । अन्य राज्यहरु मिचिगन, क्यालिफोर्निया, पेन्सिलभानिया, फ्लोरिडा, इलिनोइस लगाएतमा दिनानुदिन संक्रमित र मृतकको संख्या बढीरहेको छ ।
 

usaA-1586915112.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार