६ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ का आधा दर्जन गाउँका एक सय ५० भन्दा बढि घर र ५० बढि गोठ शुक्रबार राति आएको असिनापानी र हावाहुरीको क्षति पुर्याएको स्थानीयले जनाएका छन् । कति घरगोठी क्षति भयो तथ्यांक संकलन भईरहेको छ ।
घर गोठको जस्तापाता उडाएको र घरमा राखेका अन्नपात र लत्ताकपडा क्षति भएको डिल्लीपुरका लक्ष्मण घिमिरे बताए । घरगोठमा क्षति पुगेपछि बेलुकाबाटै कहाँ सुत्ने र के खाने भन्ने समस्या आएको अर्की पिडित लक्ष्मी सुवेदीको भनाई छ । ‘पुरै गाउँको घर लाईनै क्षति पुर्याएको छ ।’–केशव विष्टले भने ।
डिल्लीपुर, बसन्तपुर, रातोमाटे लगायतका आधा दर्जन गाउँका घर हावाहुरीले छानाविहिन छन् । गाउँमा पशुचौपाया मरेका छन् भने स्थानीय एक महिला घाइते समेत भएकी छिन् । तरकारीको पकेट क्षेत्र मानिने यस क्षेत्रमा लगाएको तरकारी सखाप भएको छ । ‘गाउँभरका घरमा क्षति पुर्यायो, तरकारी र मकै पुरै क्षति पुर्याएको छ ।’–स्थानयि नेत्रबहादुर न्यौपानेले भने–‘म त अब कुखुराको खोरमा सुत्नुपर्ने भएको छ ।’
सरकारले घरबाट बाहिर ननिस्कनु भनेपनि बस्ने घर नै क्षति भएपछि के गर्ने भन्ने चिन्तामा उनीहरु रहेका छन् । ‘तत्कालका लागि ओत लाग्ने र खाने व्यवस्था मिलाईदिनु पर्छ ।’–स्थानीय सम्प्रस पौडेलले भने । पोल ढलेर गाउँ विद्युत विहिन छ । शनिबार क्षतिको अवलोकन गर्न पुगेका मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले तथ्यांक संकलनपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर अन्तरगत रहेको कमाण्ड पोष्टमार्फत राहतको व्यवस्था गर्ने बताए ।
३० बैशाख, हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइने भएको छ । प्राकृतिक जलाशय...
३० बैशाख, हेटौंडा। मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएको छ। सरकारमा रहेको दुई मन्त्रीले आइतबार...
३० बैशाख, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक घरमा क्षती पुगेको छ भने चैपाया मरेका छन्। आइतबार दिउँसो...
३० बैशाख, भरतपुर। चितवनको भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान भरतपुर महानगरपालिका-२० दद्रेनी...
३० बैशाख, काठमाडौं । कोलकत्ता नाइट राइडर्स भारतमा जारी इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । गएराति भएको...
३० बैशाख, कञ्चनपुर । गायक तथा नेपाल आइडल सिजन-२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले इलाका...
३० बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ ।...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...