१३ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको एक लाख ९७ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख ९७ हजार ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ हजार १ सय ६५ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल २८ लाख २७ हजार ८ सय ४१ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ४ हजार ८ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ७ लाख ९८ हजार ३ सय ७० जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५८ हजार ५ सय ३१ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १७ लाख ७३ हजार ८ सय ५८ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउँनेको संख्या ५२ हजार १ सय ७६ पुगेको छ ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ २५ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय २४ पुगेको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार २ सय ४५ पुगेको छ भने बेलायतमा १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ६ हजार ६ सय ७९, मध्यपूर्वी एसियाली मुलुक इरानमा ५ हजार ५ सय ७४, जर्मनीमा ५ हजार ७ सय ६०, नेदरल्याण्डसमा ४ हजार २ सय ८९ ब्राजिलमा ३ हजार ६ सय ७०, टर्कीमा २ हजार ६ सय, स्विटजरल्याण्डमा १ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ रहेको छ । यहाँ नयाँ सक्रमित र मृतकको संख्या पछिल्लो समय स्थिर रहेको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



