Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

दक्षिण एसियाः कोरोनाबाट मर्नेको संख्या भारतमा बढी

adffdfd-1588042479.png

१६ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । 
दक्षिण एसियामा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा ९ सय ३९ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप ५८ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या ९ सय ३९ पुगेको हो । 
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या २९ हजार ४ सय ५२ पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ १ हजार ५ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा ७ हजार १ सय ३७ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म २ सय ९२ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा ११ जनाको ज्यान गएको छ ।
यस्तै थप ५ सय ८७ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या १३ हजार ९ सय १५ पुगेको छ । 
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट १ सय ५२ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय १३ जना संक्रमित भएका छन् । बितेको २४ घण्टामा यहाँ थप ७ जनाको ज्यान गएको छ भने ४ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने ५ सय ८८ जना संक्रमित छन् । यहाँ पछिल्लो समय ६५ जना नयाँ संक्रमित थपिएका छन् ।
दक्षिण एसियाली मुलुकहरु माल्दिभ्स, नेपाल र भुटानमा भने कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन । 
कोरोना संक्रमणबाट माल्दिभ्समा अहिले सम्म २ सय २६ जना संक्रमित भएका छन् भने यहाँ पछिल्लो समय १२ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । नेपालमा अहिलेसम्म १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
यस्तै भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर छ । यहाँ अहिलेसम्म ६ जनामा कोराना संक्रमण पुष्टि भएको । भुटानमा ४ उपचारपछि निको भएका छन भने ३ जनाको उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार