१७ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख १७ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख १७ हजार ५ सय ६२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ३१ लाख ३६ हजार ५ सय ८ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७६ हजार ५ सय ६२ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ९ लाख २१ हजार २ सय ७ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५६ हजार ९ सय ६५ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १९ लाख ६५ हजार ३ सय ८६ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ५९ हजार २ सय ६६ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ४ सय ७० जनाको मृत्यु भएको छ । यहाँ एकैदिन २५ हजार जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २७ हजार ३ सय ५९ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ८२ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २३ हजार ८ सय २२ पुगेको छ । यहाँ थप ३ सय १ जनाको मृत्यु भएको छ । स्पेनमा पनि विगत केही दिन यता मृतकको संख्या घटिरहेको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार ६ सय ६० पुगेको छ भने बेलायतमा २१ हजार ६ सय ७८ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ७ हजार ३ सय ३१, मध्यपूर्वी एसियाली मुलुक इरानमा ५ हजार ८ सय ७७, जर्मनीमा ६ हजार ३ सय १४, नेदरल्याण्डसमा ४ हजार ५ सय ६६, ब्राजिलमा ५ हजार ६३, टर्कीमा २ हजार ९ सय ९२, स्विटजरल्याण्डमा १ हजार ६ सय ९९ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी वल्डोमिटरका अनुसार दक्षिण एसियाली मुलुक भारतमा अहिलेसम्म १ हजार ८ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ । यस्तै पाकिस्तानमा मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ भने संक्रमितको संख्या १४ हजार ६ सय १२ रहेको छ ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




