२२ बैशाख, हेटौंडा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार सोबार बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १३५ जनाको ज्यान गइसकेको छ ।
विश्वभर संक्रमितको संख्या ३५ लाख ६३ हजार ३ सय ३५ पुगेको छ । ११ लाख ५३ हजार ८ सय ४७ जना उपचारपछि निको पनि भएका छन् ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ६८ हजार ५ सय ८७ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ४३ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २८ हजार ८ सय ८४ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा २४ घण्टामा थप १ सय ७४ जनाको मृत्यु भएको छ ।
यसैगरी स्पेनलाई पछिपार्दै बेलायत सबैभन्दा बढी संक्रमित मृत्यु हुनेको तेश्रो स्थानमा पुगेको छ । यहाँ अहिलेसम्म २८ हजार ४ सय ४६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ३ सय १५ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार २ सय ६४ पुगेको छ । स्पेनमा पनि विगत केही दिन यता मृतकको संख्या घटिरहेको छ ।
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ८ सय ९५ पुगेको छ । यहाँ पछिल्लो समय १ सय ३५ जनाको ज्यान गएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म बेल्जियममा ७ हजार ८ सय ४४, जर्मनीमा ६ हजार ८ सय ६६, ब्राजिलमा ७ हजार २५, मध्यपूर्वी एसियाली मुलुक इरानमा ६ हजार २ सय ३, नेदरल्याण्डसमा ५ हजार ५६, चिनमा ४ हजार ६ सय ३३, क्यानडामा ३ हजार ६ सय ८२, टर्कीमा ३ हजार ३ सय ९७, स्वेडेनमा २ हजार ६ सय ७९, मेक्सिकोमा २ हजार ६१, स्विटजरल्याण्डमा १ हजार ७ सय ६२ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी वल्डोमिटरका अनुसार दक्षिण एसियाली मुलुक भारतमा अहिलेसम्म १ हजार ३ सय ९१ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो समय ६८ जना मृत थपिएका छन् । यस्तै अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा मृत्यु हुनेको संख्या ४ सय ५७ पुगेको छन् । यहाँ २० जना मृतक थपिएका छन् ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



