Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कारोनाबाट मर्नेको संख्या २ लाख ६४ हजार नाघ्यो

12-1588814101.jpg

२५ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या २ लाख ५२ हजार नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ६४ हजार ८ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ । 
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ३८ लाख १८ हजार ८ सय २२ जना मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९४ हजार ३ सय ४ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १२ लाख ९९ हजार २ सय ४४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४८ हजार २स य ८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २२ लाख ६ हजार ५ सय ५६ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । यहाँ अहिलेसम्म ७४ हजार ७ सय ९८ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ५ सय २७ जनाको मृत्यु भएको छ । 
अमेरिकापछि बेलायतमा सबैभन्दा बढीको मृत्यु भएको छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३० हजार ७६ पुगेको छ । बेलायतमा एकैदिन ६ सय ४९ जनाको मृत्यु भएको छ । 
यसैगरी इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २९ हजार ६ सय ८४ पुगेको छ । पछिल्लो समय मृत्यु दर कम भइरहेको इटालीमा २४ घण्टामा ३ सय ६९ जनाको मृत्यु भएको छ ।
यस्तै कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ८ सय ५७ पुगेको छ । यहाँ थप २ सय ४४ जनाको मृत्यु भएको छ । 
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार ८ सय ९ पुगेको छ । यहाँ पछिल्लो समय २ सय ७८ जनाको ज्यान गएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ८ हजरा ५ सय ६६, बेल्जियममा ८ हजार ३ सय ३९, जर्मनीमा ७ हजार २ सय ७५, मध्यपूर्वी एसियाली मुलुक इरानमा ६ हजार ४ सय १८, नेदरल्याण्डसमा ५ हजार २ सय ४, चिनमा ४ हजार ६ सय ३३, क्यानडामा ४ हजार २ सय ३२, टर्कीमा ३ हजार ५ सय ८४, स्वेडेनमा २ हजार ९ सय ४१, मेक्सिकोमा २ हजार ५ सय ७, स्विटजरल्याण्डमा १ हजार ८ सय ५ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी वल्डोमिटरका अनुसार दक्षिण एसियाली मुलुक भारतमा अहिलेसम्म १ हजार ७ सय ८५ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो समय ९२ जना मृतक थपिएका छन् । 
यस्तै अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा मृत्यु हुनेको संख्या ५ सय ४४ पुगेको छन् । यहाँ ३० जना मृतक थपिएका छन् ।
 

aa-1588814102.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार