Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर कारोना संक्रमितको संख्या ४१ लाख नाघ्यो

3-1589072117.jpg

२८ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ४१ लाख ६ सय ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै संक्रमितको संख्या ८८ हजार ९ सय ९७ जनाले थपिएको छ । संक्रमित मध्ये अहिलेसम्म २ लाख ८० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । 
यसैगरी संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १४ लाख ३६ हजार २ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी मानिस अमेरिकामा संक्रमित भएका छन् । यहाँ अहिलेसम्म १३ लाख ४७ हजार ३ सय ९ जना मानिस संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा अमेरिकामा २५ हजार ५ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि स्पेनमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ २ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित रहेका छन् । 
यसैगरी इटलीमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार २ सय ६८ रहेका छन भने बेलायतमा २ लाख १५ हजार २ सय ६० जना संक्रमित रहेका छन् ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या बढीरहेको रुसमा १ लाख ९८ हजार ६ सय ७६ जना संक्रमित पुगेका छन् । 
यसैगरी जर्मनी, ब्राजिल, टर्की, इरान लगाएतका मुलुकहरुमा एक लाख भन्दा बढीको संख्यामा मानिसहरु संक्रमित रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार