Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

कविता : विरुद्धमा

Yash-1589081797.jpg

यश लामा

सरकार !
मलाई बन्दुक बोक्ने अनुमति देऊ
खुकुरी नचाउने स्वीकृति देऊ।

सरकार!
म बम बनेर पड्किन्छु
मेरो शरीरमा
शक्तिशाली बम जडान गरिदेऊ ।

उता सिमानामा
बहिनी फुलनदेवीको अस्मिता लुटिदै छ
देव नारायण यादवको छातीमा बुट बजारिरहेछ
यता बलिउड सिनेमा हेरेर
पुलकित हुन सक्दिनँ म
सरकार !
मेरो म्हेम्हेले १९९० देखि
लुकाएर राखेको सिरुपाते खुकुरी छ
निकालूँ ?

डियर ब्रोहरू !
ननभेज चुट्किलाको स्वाद लिदै गरौँला
लिपुलेक हाम्रा पाखुरा र तिघ्रा
हेरेर रोइरहेछ
कालापानीको छाती
चिथोरिरहेछन् बिस्तारवादीहरूले
जाऔं ब्रोहरू जाऔं
हामी चिसा लास होइनौँ
जाऔं ब्रोहरू जाऔं
सहनुको नि हद हुन्छ ।

डियर सिसहरू !
आरती गर्दै गरौँला
लिम्पियाधुराको आँसु पुछौँ
राष्ट्रभक्तिको गीत गाऔं
जागौँ सिस हो जागौँ
आत्मरक्षाका लागि जागौँ ।

चिलले चल्ला टिपेको हेर्दै
कुनामा कुत्कुताउने काम
निसङ्कोच पोथीको हो
धुरीबाट बास्ने काम
निसङ्कोच भालेको हो
बघिनीको छातीबाट डमरु
खोसेको इतिहास छैन
बाघले लोरी गाएको
इतिहास छैन ।

सरकार ! मेरो मामले
२००७ सालदेखि
जमिनमा गाडिराखेको
भरुवा छ
निकालूँ ?

मेरो आप्पाले
छातीमा आगो लुकाइराखेको
दशकौँ भयो
मेरो कान्छा काका
सिकुवामा आगो बोकेर नाँचिरहनु भएको छ
सरकार! आमाको कुर्कुचा खुर्केर
आँखै अघि उभिरहेछन् नरपिचासहरू
के म शिर निहुराएर बसूँ ?

अस्ति भर्खर दसैँमा सुङ्गुर रोपेको
तीखो भाला छ मसँग
निकालूँ ?

दुष्ट छिमेकीसँग
विशाल छेप्यास्त्र होलान्
मसँग हिम्मतको विशाल छाती छ
जेहाद छेड्ने आँट छ ।

सरकार !
लिपुलेकको रक्तिम माटोले
बोलाइरहेछ मलाई
कालापानीको नुनिलो पानीले
डाकिरहेछ मलाई
लिम्पियाधुराको धुरीको
गुहार सुनिरहेछु रातदिन ।

सरकार !
म जान्छु मलाई अनुमति देऊ
मलाई बन्दुक बोक्ने अनुमति देऊ
मलाई खुकुरी नचाउने स्वीकृति देऊ ।

सरकार !
मेरो देश बाँच्छ भने
म मरेर केही पनि हुँदैन ।

देश भनेर बाँच्नु जति अानन्द छ
देशका लागि मर्नु
सुन्दर अवसर हुने छ मेरो लागि
बेहद आनन्द हुने छ मेरो लागि ।

सरकार !
म बिना बर्दीको तैनाथ सिपाही हुँ
मलाई अन्याय असह्य छ ।

म बम बनेर पड्किन्छु
मेरो शरीरमा शक्तिशाली
बम जडान गरिदेऊ ।

सरकार !
मलाई बन्दुक बोक्ने अनुमति देऊ
खुकुरी नचाउने स्वीकृति देऊ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार