Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

दक्षिण एसियामा कोरोनाः भारत सबैभन्दा बढी प्रभावित

4-1589165682.png

२९ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसिया पनि अछुतो रहन सेकेको छैन । दक्षिण एसियाका देशहरुपनि विस्तारै कोरोना संक्रमणको चपेटामा परिरहेका छन् ।
दक्षिण एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । 

भारत
दक्षिण एसियाली देशहरुमा कोरोना संक्रमणबाट भारत सबैभन बढी प्रभावित भएको छ । सोमबार विहानसम्म भारतमा ६७ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यहाँ २ हजार २ सय १२ जनाको मृत्यु भएको छ । 
कोरोना संक्रमण पुष्टि भएकामध्ये भारतमा २० हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । भारतमा एकैदिन ४ हजार ३ सय ५३ जना नयाँ सक्रमित थपिएका छन् भने १ सय ११ जनाको मृत्यु भएको छ ।

पाकिस्तान
दक्षिण एसियाली मुलुकहरुमा भारतपछि पाकिस्तानमा सबैभन्दा संक्रमित र मृतक रहेका छन् । यहाँ कोरोना संक्रमितको संख्या ३० हजार ३ सय ३४ रहेको छ । पाकिस्तानमा एकैदिन १ हजार ५ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् ।
यहाँ ६ सय ५९ जनाको संक्रमणबाट ज्यान गइसकेको छ भने ८ हजार ६३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

बंगलादेश
बंगलादेशमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ । यहाँ ८ सय ८७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ हजार ६ सय ५७ पुगेको छ । यस्तै यहाँ पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या २ सय २८ पुगेको छ ।
बंगलादेशमा अहिलेसम्म २ हजार ६ सय ५० जना उपचारपछि निको भएका छन् ।
।
अफगानिस्तान
अफगानिस्तानमा अहिलेसम्म ४ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना उपचारपछि निको भएका छन् ।

श्रीलंका
श्रीलंकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय ५६ पुगेको छ । श्रीलंकामा अहिलेसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यहाँ केही दिन यता मृतकको संख्या स्थिर रहेको छ । कोरोना पुष्टि भएकामध्ये श्रीलंकामा ३ सय २१ जना निको भएका छन् ।

मालदिभ्स
दक्षिण एसियाली देश मालदिभ्समा हालसम्म ८ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ संक्रमणका कारण अहिलेसम्म ३ जनाले ज्यान गुमाएका छन् । मालदिभ्समा उपचारपछि निको हुनेको संख्या २९ रहेको छ ।

नेपाल
कोरोना संक्रमणबाट नेपाल पनि विस्तारै प्रभावित भइरहेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय १० रहेको छ । नेपालमा कोरोना भाइरसबाट हालसम्म कसैको मृत्यु भएको छैन । कोरोना संक्रमण पुष्टि भएकामध्ये ३१ जना निको भएर घर फर्किएका छन् । 

भुटान
भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर छ । यहाँ अहिलेसम्म ७ जनामा कोराना संक्रमण पुष्टि भएको । भुटानमा ५ उपचारपछि निको भएका छन भने २ जनाको उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार