३१ बैशाख, हेटौंडा । साउदीमा ६ सय ७४ जना नेपालीलाई कोरोना भाइरस रोगको संक्रमण भएको छ ।
साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार ६ सय ७४ जना नेपाली कोरोनाबाट संक्रमित भएको जानकारी दिएको साउदी स्थित नेपाली राजदुतावासले जनाएको हो ।
प्राप्त विवरण अनुसार क्षेत्रगत विभाजनलाई हेर्दा साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान मा १ सय ४८ जना नेपाली कोरोना संक्रमित भएका छन् ।
रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना र हायल क्षेत्रमा ३ जना संक्रमित भएको दूतावासले जानकारी दिएको छ । साथै अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित बताइएको छ । कुल संक्रमितमा ११ जना नेपाली महिला रहेका छन् ।
संक्रमित भएका मध्ये कैंयौँ जना निको भई काममा फर्किसकेको दूतावासले बताएको छ । साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भएदेखि विभिन्न कारणले मृत्यु भएका ३१ नेपाली नागरिकहरु मध्ये एक जना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मंगलबार साउदी अधिकारीले दिएको जानकारी अनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । आज थप १ हजार ९सय ११ जनामा संक्रमण भएको छ ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











