३ जेठ, हेटौंडा । सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता राखेको भएपनि भौतिक पुर्वाधारका पुराना कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।
गत आर्थिक वर्षमा मदन भण्डारी राजमार्ग निर्माण ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको सरकारले अहिले पनि सोही समयावधी राखेर राजमार्ग निर्माण गर्ने कार्यक्रमलाई समावेश गरेको छ ।
सरकारले मदन भण्डारी राजमार्ग निर्माण गरि एक वर्षभित्र १ सय ५५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यक्रम अघि सारेको छ ।
जनस्वास्थ्य र पुर्वाधारमा ठूलो बजेट विनियोजन गर्नुपर्ने वर्तमान आवश्यकता संगै सरकारले भौतिक पुर्वाधारका पुराना कार्यक्रमलाई पनि यथावतरुपमा निरन्तरता दिने भएको छ ।
सरकारले ३ बर्ष भित्र मध्यमहाडी पुष्पलाल लोकमार्गको निर्माण सम्पन्न गर्ने, हुलाकी राजमार्गको २ सय ५० किलोमिटर र उत्तरदक्षिण लोकमार्ग अन्तर्गत कालिगण्डकी कोरिडोरको ९० किलोमिटर कालोपत्रे गर्ने भएको छ ।
कोशी र कर्णाली कोरिडोरको ट्रयाक स्तरोन्नतीको काम सुरु गर्ने, नागढुंगा नौबिसे सडक खण्ड अन्र्तगतको सुरुङमार्गको २ दशमलव ६८ किलोमिटर मध्ये १ किलोमिटर सुरुङ खन्ने काम आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम छ ।
यस्तै सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माण सुरु गर्ने, पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक चारलेनको बनाएर सम्पूर्ण खण्डलाई चार लेनको दु्रत मार्गको रुपमा विकास गर्ने, नारायणगढ बुटवल खण्ड र कमला कञ्चनपुर खण्डको विस्तार कार्य तीन वर्ष भित्र सम्पन्न गर्ने, बेत्रावति–साफ्रुबेसी टोखा–छहरे गुर्जेभन्ज्याङ–खुटीया दिपायल लगायतका सुरुङ निर्माणको काम अघि बढाइने, रसुवागढी काठमाडौं रेलमार्ग, विरगञ्ज काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक सुरु गरिने भएको छ ।
पुर्व पश्चिम विद्युतिय रेलमार्ग आयोजनाको पूर्वतयारी सम्पन्न गरी काकडभिट्टा—इनरुवा खण्डको निर्माण सुरु गर्ने र विद्युतिय यातायात प्रणालीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सरकारले बनाएको छ । फोटोः गुगल
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















