८ जेठ, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या ३ लाख २९ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया ३ लाख २९ हजार २ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ ।
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल ५० लाख ८२ हजार ६ सय ३७ जना मानिस संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा ९९ हजार ७ सय जना मानिस नयाँ संक्रमितको रुपमा थपिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार २० लाख २० हजार १ सय ५१ जना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै भाइरसको संक्रमणका कारण अहिले ४५ हजार ८ सय ३ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने २६ लाख ८७ हजार ३ सय ९० जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा अहिलेसम्म ९४ हजार ९ सय ९३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४ सय ६० जनाको मृत्यु भएको छ ।
अमेरिकापछि संक्रमणबाट मृत्यु हुने देशमा बेलायत दोश्रो स्थानमा छ । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३५ हजार ७ सय ४ पुगेको छ । यहाँ २४ घण्टाको अवधिमा ३ सय ६३ जनाको मृत्यु भएको छ ।
यसैगरी इटलीमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ३२ हजार ३ सय ३० पुगेको छ । यहाँ २४ घण्टामा १ सय ६१ जनाको मृत्यु भएको छ ।
यस्तै कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २७ हजार ८ सय ८८ पुगेको छ । यहाँ थप १ सय १० जनाको मृत्यु भएको छ । यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २८ हजार १ सय ३२ छ ।
पछिल्लो समय दक्षिण अमेरिकि मुलुक ब्राजिलमा कोरोनाको संक्रमण र मृत्यु दर दुबै बढेको छ । यहाँ अहिलेसम्म १८ हजार ८ सय ९४ जनाको मृत्य भएको छ भने संक्रमितको संख्या २ लाख ९३ हजार ३ सय ५७ रहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा २१ हजार ४ सय ७२ जना संक्रमित थपिदा ९ सय ११ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म रसिया बेल्जियम, जर्मनी, इरान, नेदरल्याण्डस, क्यानडा, टर्की, स्वेडेन, मेक्सिको, स्विटजरल्याण्ड जस्ता देशहरु बढी प्रभावित भएका छन् ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




