Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

प्रधानमन्त्रीसहितको गीति एल्बम विमोचन

nepalese-prime-minister-k-1591491255.jpg

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको रचना रहेको गीति एल्बम विमोचन भएको छ ।
गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको सरकारी समाचार संस्था राससलाई उद्धत गर्दै विभिन्न संचारमाध्यमहरूले लेखेका हुन् । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले एल्बमको विमोचन गरेका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ । एल्बममा प्रधानमन्त्री ओलीले रचना गरेकाे गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् । त्यस्तै पौडेलले रचना गरेकाे ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिएका छन्। 
रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौँ तिमीले’मा भने राजेश पायल राईले आवाज दिएका छन् ।     
त्यस्तै विपिन किरणको रचना रहेको अर्को गीत ‘पूर्वपश्चिम सीमातिर दुस्मनले नजर लगायो’ मा बद्री पङ्गेनी र मेलीना राईले आवाज दिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार