एसके निधन
मालिक!
अस्थाई कोरोना कहरमा
देखिएको तपाईंको स्थायी नियतले
झसङ्ग झस्काएको छ
चुसुक्क चस्किएको छ मन।
-
बर्षौ देखिको
मेरै पसिना प्रेममा हुर्किएका हुन फैलावट-जरा
कट्ठा रोपनी बिघा
माटोले क्षेत्रफल तन्काईरयो
लिजको टारिखेत
निजि बेसिफाटमा रुपान्तरण भयो
र पनि
कहिल्यै घुटुक्क निलिन ईश्र्याको थुक
हेक्का नै राख्न आउदैन थ्यो:
धन्सारमा कति भित्रिन्थ्यो धान
चुपचाप चुपचाप
जोतिरहन्थे खेत र थापिरहन्थे सुक्का ज्याला ।
-
यसपटक
धान भित्र्याएर गहुँ छर्ने बेला थियो
आफैं अर्जापेको फाली मिलाउदै थिए हलोमा
अचानक !
खेती र खेतमा होईन मनमा कोरोना कहर पस्यो
काम रोक्नु ! माथिबाट आदेश आयो
मैले जोत रोके
तपाईंले च्याठ्ठिदै
रित्तो धन्सारको फोटो देखाएर ज्याला रोकिदिनु भो।
-
मालिक !
मेरो ज्याला तपाईंलाई ज्याला मात्रै लाग्ला
मेरो सबथोक त्यही हो:
आमाको औषधि
प्रीयाको फरिया
बाबुनानिको खाना
मेरो खुशी
सबै सबै रोकिएपछि म नरोकिनुको के अर्थ रयो र?
-
भोलिपल्ट एउटा समाचार आउला:
स्वर्गलोकमा अवस्थित
जनता बोर्डिङका एक शिक्षकले गरे आत्महत्या
परिवारको बिचल्ली
समाजसेवी प्रीन्सिपलले उपलब्ध गराए राहत-
२५ किलो चामल
एक बोरा आलु
दुईपोका भटमासको तेल
तीन किलो दाल
रु एघार हजार एघार सय एघार क्रीया खर्च ।
एउटा समाचार
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...













-1782436668.jpg)




