१५ साउन, काठमाडौं । पौष शुक्लपक्षको एकादशीलाई पुत्रदा एकादशी पनि भनिन्छ । सन्तान तथा छोराछोरी नभएकाहरु सबैले पुत्रदा एकादशीको भक्तिभावका साथ व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । पद्म पुराणका अनुसार सन्तान, सुख तथा आनन्द प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिने गरिन्छ ।
धार्मिक मान्यता अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य सञ्चालन गर्दै आएका थिए । तर ती राजाका सन्तान भएका थिएनन् । राजा निःसन्तान भएका कारण राजपरिवार तथा प्रजामा चिन्ता थियो । राजा सुकेतुमानका बुवा समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी वा सन्तान नभएका कारण तनावमा थिए । एक दिन राजा सुकेतुमान घोडा चढि जंगल जाने क्रममा घना जंगलभित्र पुगे ।
जंगलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको लाग्यो । पानी पाइन्छकी भनि उनी जंगलको बीचमा पुगे । निकै पर उनले पानीको ताल देखे । त्यहाँ ऋषिमूनीहरु आश्रम बनाई वेदपाठ गरिरहेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले तालको पानी पिएर तिर्खा मेटाई ऋषिमूनीहरुलाई प्रणाम गरे ।
राजाले ऋषिमूनीहरुलाई किन तपाईँहरु यस ठाउँमा आउँनुभएको र यो यज्ञ के को लागि गरिरहनुभएको छ भनि सोधे । ऋषिमूनीहरुले पुत्रदा एकादशी आउँनै लागेकोले यहाँ आएको जवाफ फर्काए । राजाले पनि पुत्रदा एकादशी र त्यसको फलबारे जानकारी गराउँनुहोस् भन्दा ऋषिमूनिहरुले सन्तान प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिएको सबै वृतान्त जानकारी गराए । राजाले पनि आफ्नो सन्तान नभएको र व्रत लिने जानकारी ऋषिमूनीहरुलाई गराई विधिपूर्वक व्रत लिए । व्रतका प्रभावले उनलाई पुत्र प्राप्ति भएको पौराणिक मान्यता अनुसार आज पनि पुत्रदा एकादशी व्रत महत्वपूर्ण मानिन्छ ।
पुत्रदा एकादशीको व्रत लिनको लागी एकदिन अगाडी अर्थात दशमीकै दिनबाट लशुन प्याज तथा शाकाहारी भोजन ग्रहण गर्नुपर्छ । एकादशीका दिन सबेरै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ ।
यसदिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप, दिप, नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ र फलफूलहरु चढाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीका दिन बिष्णु भगवानलाई अर्घ दिएर व्रत र पूजा समापन गरिन्छ ।
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...













-1782436668.jpg)




