- उत्सव चौलागाईं
ओइ! कोरोना
तिमी फूल बनेर आएको भए
कयौं प्रेमिकाहरूको नरम हत्केलामा हुन्थ्यौ ।
तिमी कम्तिमा
काँडा मात्र बनेर आएको भए पनि
प्रेमिल इतिहासको नामहरू लेख्न
कयौँ प्रेमीहरूको पाखुरीमा कुँदिरहेका हुन्थ्यौ ।
भाइरस बनेर आयौ
भयङ्कर डर बनेर आयौ
सन्सारलाई त्रसित बनायौ
तिम्रो डरले मान्छे मान्छे बिचको दुरी बढेको छ
डेटिङ स्पर्टहरू खाली भएका छन्
झुपडीहरू मौन देखिन्छन्
महलहरू भयभीत छन्
मेरो देशको सिंहदरबार पनि
स्यालदरबारजस्तै भएको छ ।
तिमीलाई अझै नपुगेको के हो ?
राजाहरूदेखि प्रजासम्म फैलियौ
विस्तारवादीहरूलाई छाडेनौ
साम्राज्यवादीहरूलाई छाडेनौ
भुइँमा आयौ
आकाशमा आयौ
कम्युनिस्ट भनेनौ
कमाउनिष्ट भनेनौ
प्रतिक्रियावादी भनेनौ
तिम्रो आतङ्कले
कोही भनेन ।
सन्नाटा छाएको छ
धेरैले
आफ्ना अनमोल रत्नहरू गुमाएका छन्
तिम्रो साम्राज्यको सिकार भएका छन्
बृद्धबृद्धाहरू
बालबालिकाहरू
त्यसैले ओइ ! कोरोना
तिम्रो उदण्डता देखेर सिङ्गो विश्वलाई
उदेक लागेको छ ।
मायालु मनहरूमा त्रासको पर्खाल लागेको छ
मानव हृदय रोग, भोक र शोकले
विक्षिप्त बनेको छ
समृद्धिका पानाहरू
च्यातिने डर अनि
गरिबी र बेरोजगारीले
जरो गाढ्ने भय देखिन्छ ।
सडक बन्द छ
मन्दिर ,मस्जिद अनि गुम्बा
सबै बन्द छन्
सबैलाई घरभित्र थुनेर
तिमी बाहिर डुलिहिडिरहेछौ
राक्षसी रुपमा
दानवी भेषमा ।
ओइ! कोरोना
अब त सडकमा पहिलाजस्तै
मोटर गुडेको हेर्ने रहर छ
गल्लिगल्लिमा हुने भीड हेर्ने रहर छ
निदाएको सन्सार होइन
ब्युँझिएको सन्सार हेर्ने रहर छ ।
मन्दिरको ढोका खुलेको
दियो बलेको र घन्टा बजेको
हेर्ने रहर छ ।
त्यसैले कोरोना अब तिमी
चाँडै आफ्नो बाटो लाग
तिमी हामीसँगै बाँच्न सक्दैनौ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



