१३ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८२ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७ सय ७१ जना मानिस संक्रमित भएका हुन् ।
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४८ लाख ९७ हजार नाघेको छ ।
विश्वभर भएका कुल संक्रमित मध्ये १ करोड ७२ लाख ८५ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
अहिलेपनि विश्वभर ६७ लाख ७० हजार भन्दा धैरैजनामा संक्रमण रहेको छ भने ६१ हजार २ सय भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ भण्टामा ४७ हजार ९ सय ८८ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै कुल संक्रमितको संख्या ६० लाख ९४ हजार ६ सय २२ पुगेको छ ।
यस्तै दोस्रो धेरै प्रभावित देश ब्राजिलमा ४८ हजार १ सय १२ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ३८ लाख १२ हजार ६ सय ५ पुगेको छ ।
यसैगरी विश्वको तेस्रो धेरै प्रभावित रहेको भारतमा ३४ लाख ६१ हजार २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ७६ हजार ६ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











