Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

रुसले विकास गरेको कोरोना विरुद्धको खोपले सकरात्मक परिणमा दिएको दावी

im-214595-1599269973.jpg

google

२० भदौ, हेटौंडा । रूसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपको प्रारम्भिक परीक्षणमा सफलता प्राप्त भएको दावी गरिएको छ ।
कोरोना विरुद्ध विकास गरिएको खोप लगाएका मानिसहरूमा रोगप्रतिरोधी प्रतिक्रिया देखिन शुरू भएको रुसी वैज्ञानिकहरूले दावी गरेका हुन्  । उक्त खोपका बारे पहिलो प्रतिवेदन सार्वजनिक गर्दै रुसी वैज्ञानिकहरूले त्यस्तो बताएका हुन् । 
अन्तर्राष्ट्रिय मेडिकल जर्नल ‘द लान्सिट’मा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी भएका सबैको शरीरमा एन्टीबडी विकसित भएको उल्लेख गरिएको छ ।
यसरी खोपको प्रारम्भिक परीक्षण गरिएका कुनैपनि व्यक्तिमा गम्भीरखालका नकारात्मक प्रभावहरु नदेखिएको पनि प्रतिवेदनमा जनाइएको छ ।
तर विज्ञहरुले सानो स्तरमा खोप परीक्षण गरिएकाले त्यसको पूर्ण प्रभावकारिता र स्वास्थ्य सुरक्षा साबित गर्नका लागि पर्याप्त नहुने बताएका छन् । उनीहरुले रुसले छोटो समयभित्रै खोप तयार गरेको भन्दै चासोहरू पनि व्यक्त गर्दै आएका छन् । 
रुसी सरकारले गत महिना कोरोनाभाइरसविरुद्धको सो खोप स्थानीय रुपमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार