Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

दक्षिण एसियामा कोरोनाः भारत सबैभन्दा बढी प्रभावित

saarc6893-1599358331.jpg

२१ भदौ, हेटौंडा । दक्षिण एसिया यतिबेला विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को इपिसेन्टर बनेको छ । कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकहरु नराम्ररी प्रभावि भएका छन् । दक्षिण एसियाली मुलुकहरुमा भारत पाकिस्तान लगाएतका देशहरु कोरोनाको चपेटमा परेका छन भने नेपाल पनि अछुतो रहन सेकेको छैन । 
दक्षिण एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । 

भारत
दक्षिण एसियाली देशहरुमा कोरोना संक्रमणबाट भारत सबैभन्दा बढी प्रभावित भएको छ । आइतबार विहानसम्म भारतमा ४१ लख १० हजार ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यहाँ ७० हजार ६ सय ७९ जनाको मृत्यु भएको छ । 
कोरोना संक्रमण पुष्टि भएकामध्ये भारतमा ३१ लख ७७ हजार ६ सय ७३ जना उपचारपछि निको भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ९० हजार ६ सय नयाँ सक्रमित थपिएका छन् भने १ हजार ४४ जनाको मृत्यु भएको छ ।
भारत कोरोना प्रभावित हुने मुलुकहरुमा विश्वको तेश्रो स्थानमा रहेको छ ।

बंगलादेश
दक्षिण एसियाली मुलुकहरुमा भारतपछि बंगलादेशमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार ५ सय ६५ रहेको वल्र्डोमिटरले जनाएको छ । 
बंगलादेशमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५० जना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
यहाँ ४ हजार ४ सय ४७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने २ लाख १७ हजार ८ सय ५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
पाकिस्तान कोरोना प्रभावित हुने मुलुकहरुमा विश्वको चौधौ स्थानमा रहेको छ ।

पाकिस्तान
दक्षिण एसियाली मुलुकहरुमा भारत र बंगलादेशपछि पाकिस्तानमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार २५ रहेको वल्र्डोमिटरले जनाएको छ । 
पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५ सय १३ जना संक्रमित थपिएका छन् भने ५६ जनाको मृत्यु भएको छ ।
यहाँ ६ हजार ३ सय ४० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने २ लाख ८२ हजार ५ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
पाकिस्तान कोरोना प्रभावित हुने मुलुकहरुमा दक्षिण एसियाली मुलुकमा तेश्रो स्थानमा छ भने विश्वको सत्रौ स्थानमा रहेको छ ।
।
नेपाल
कोरोना संक्रमणबाट पछिल्लो समय नेपाल पनि प्रभावित भइरहेको छ । दक्षिण एसियाली मुलुकहरुमा भारत, बंगलादेश र पाकिस्तान पछि नेपाल चौथो स्थानमा रहेको छ ।
नेपालमा शनिवार साँझसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना भाइरसबाट हालसम्म २ सय ८० जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् । 
नेपाल कोरोना प्रभावित हुने मुलुकहरुमा विश्वको ५६ औं स्थानमा रहेको छ ।

अफगानिस्तान
अफगानिस्तानमा अहिलेसम्म कोरोना संक्रमणबाट ३८ हजार ३ सय २४ जना मानिस संक्रमित भएका छन् । 
कोरोन संक्रमणबाट यहाँ अहिलेसम्म १ हजार ४ सय ९ जनाको मृत्यु भएको छ भने ३० हजार ८२ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २० जना नयाँ संक्रमित थपिएको अफगानिस्तानमा कसैको पनि मृत्यु भएको छैन । 
अफगान्स्तिान कोरोना प्रभावित हुने दक्षिण एसियाली मुलुकको पाँचौ स्थानमा रहँदा विश्वको ६३ औं स्थानमा रहेको छ ।

मालदिभ्स
दक्षिण एसियाली देश मालदिभ्समा हालसम्म ८ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । 
यहाँ संक्रमणका कारण अहिलेसम्म २९ जनाले ज्यान गुमाएका छन् । मालदिभ्समा उपचारपछि निको हुनेको संख्या ५ हजार ८ सय २२ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २५ जना नयाँ संक्रमित थपिएको मालदिभ्समा कसैको पनि मृत्यु भएको छैन ।
कोरोना प्रभावित एसियाली मुलुकहरुको छैठौं स्थानमा रहेको मालदिभ्स विश्वको ९८ औं स्थानमा रहेको छ ।

श्रीलंका
श्रीलंकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार १ सय २१ पुगेको छ । श्रीलंकामा पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको श्रीलंकामा केही दिन यता मृतकको संख्या सुन्य रहेको छ । कोरोना पुष्टि भएकामध्ये श्रीलंकामा २ हजार ९ सय १८ जना निको भएका छन् ।
कोरोना प्रभावित एसियाली मुलुकहरुको सातौ स्थानमा रहेको श्रीलंका विश्वको १२७ औं स्थानमा रहेको छ ।

भुटान
दक्षिण एसियाली मुलुकहरुमा कोरोनाबाट भुटान सबैभन्दा कम प्रभावित देश हो । यहाँ अहिलेसम्म २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण देखिएको भुटानमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।
भुटानमा संक्रमित भएका मध्ये १ सय ५० जना उपचारपछि निको भएका छन् भने ७८ जनाको अहिले पनि उपचार चलिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार