Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

पार्लियामेन्ट

Utshab-1599487534.jpg

- उत्सब चौलागाईं

सखारै मझेरीमा
चिरबिराउँछन् चराहरू
टिप्छन् धान, मकै कोदो
र तोरीका दाना
झुत्तिखेल्छन् आँगन छेउ थाक्राहरूमा
गर्छन् होड्बाजी को भन्दा को कम ।

चराहरूसँगै
लडीबुडी गर्छन् केटाकेटीहरू
खेल्छन् टालाटुली बाटुली
यति यति पानी गङ्गे रानी
बनाउँछन् माटोको घर
बन्छन् बेहुला र बेहुली
गर्छन जिजीविषाको अभ्यास
पोखेर आर्गानिक शैशव चञ्चलता ।

धुलो मैलो हुन्छन्
ताप्छन् लालीमाको न्यानो
उन्मुक्त आमोद-प्रमोद मनोभावमा ।

घाम छिपिदै जाँदा
फेरिदै जान्छ चराहरूका लय
हराउँदै जान्छ उनीहरूका चकचक
पङ्ख फिजाएर उडी जान्छन् कतै टाढा
केटाकेटीहरू भत्काउँछन् माटोको घर
लाग्छन् आ-आफ्नो बाटो
अलप हुन्छन् आँखाहरूबाट ।

मध्यदिन
शून्य शून्य छ आँगन
चराहरु छैनन्
चिरबिर छैन
छैनन् केटाकेटीहरू
खस्नै लागेको धुरी मात्र टोलारहन्छ अजस्र ।

सन्ध्याकाल
बिर्सेर मनोरम आँगन
सखारैको आपसी प्रेम र सद्भाव
प….र…. बाँसको झ्याङ्तिर झगडिन्छन्
अगि नै एकैसाथ झुत्ति खेल्ने चराहरू ।

मच्चेको छ स्वर
हिर्काइरहन्छन्
सङ्घार, झ्याल, ढोका र पालीमा
बेमेल कर्कश आवाजहरूले ।

केटाकेटीहरू
ङ्यारङ्यारङुरङुर गर्छन्
मन अमिलो पार्छन्
खिन्न मान्छन्
रुन्छन्
र भन्छन्
अँध्यारो मन पर्दैन ।

यी सबै गतिविधि हेरिरहेछु म ।

अन्न टिपिरहेका चराहरूसँगै
बिहान हेरिरहन्छु
र सम्झन्छु
मरुभूमिमा पसिना बगाइरहेको भाइ ।

लालाबालाको माटोको घरसँगै
मध्यदिन हेरिरहन्छु
र सम्झन्छु
आगोले खाएको सुकुम्बासी बस्ती ।

चराहरूको कर्कश आवाज
र केटाकेटीहरूको छटपटीसँगै
सन्ध्या हेरिरहन्छु
र सम्झन्छु
मेरो देशको पार्लियामेन्ट ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार