Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

छियाछिया कान्तिलोकपथ (फोटो फिचर)

K6-1601260682.jpg

१२ असोज, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ पहिरोका कारण विभिन्न स्थानमा छियाछिया भएको छ । पछिल्लो समय परेको अविरल बर्षाका कारण कान्तिलोकपथ छियाछिया भएको हो । 
मकवानपुरको मकवानपुरगढी–२ शिखरकटेरीदेखिमाथि बकैयागाउँपालिका-१२ ठिंगनसम्म दर्जनौं स्थानमा पहिरो गएको छ भने सडक आधासम्म भासिएको छ । ठूला ठूला पहिरो गएका कारण कान्तिलोकपथमा यातायात संचालन हुन सकेको छैन । लेनडाँडा भन्दा केही तलदेखि आँपचौर क्षेत्रसम्म सडक हिलाम्मे र पहिरो गएका कारण नियमित रुपमा सवारी संचालन हुन नसकेको हो । सामान ढुवानीका लागि घाम लागेको समयमा ट्याक्टरको प्रयोग गर्ने गरिएको ठिंगनका स्थानीले बताए । मोटरसाइकलमा त्यस क्षेत्रका स्थानीय जोखिमपूर्ण ढंगले यात्रा गरिरहेका छन् । कतिपय स्थानमा सडकको एकभाग खसेको छ । त्यसलाई निकै तलदेखि पर्खाल निर्माण गरेर सडक स्तरोन्नती गर्नुपर्ने देखिन्छ ।
दशैं नजिकिएको र बर्षा पनि कम हुने क्रममा रहेकाले सडक सुचारु गर्ने काम भईरहेको कान्तिलोकपथ आयोजनाका सुपरभाईजर साजन न्यौपानेले बताए । विभिन्न क्षेत्रमा निर्माण कम्पनीले काम गरिरहेको र दशैंसम्म सडक सुचारु गर्ने गरी पहिरो पन्छाउने र सडक सुधारको काम भईरहेको उनले बताए ।

K1-1601260721.jpg
K2-1601260721.jpg
K3-1601260721.jpg
K4-1601260724.jpg
K5-1601260724.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार