Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

शक्तिपीठ खोल्न नदिएको भन्दै हेटौंडाका धार्मिक संस्थाको बिरोध

20201017_212255-1602949336.jpg

१ कार्तिक, हेटौंडा । नवरात्रको अवधिमा शक्तिपीठहरू खोल्न नदिएको भन्दै हेटौंडाका धार्मिक संस्थाले बिरोध जनाएका छन् । 
हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा शनिबार आयोजित कार्यक्रमका वक्ताहरूले नवरात्रको समयमा शक्तिपीठहरू नखोल्न सरकारले गरेको निर्देशनको बिरोध गरेका हुन् । बजारमा अनियन्त्रित भीडभाड बढेको तथा सार्वजनिक यातायातको साधनमा जथाभावी यात्रु हालेर ओसारपसार गर्दा सङ्क्रमणको जोखिम नदेख्ने सरकारले आस्थाका केन्द्र मठमन्दिरबाट सङ्क्रमणको जोखिम देखेको भन्दै आश्चर्य प्रकट गरे ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले नवरात्रभर शक्तिपीठहरू खोल्न दिनुपर्ने बताए । यसैगरी समितिका उपाध्यक्ष कुमार पौडेलले नवरात्रमा शक्तिपीठमा निषेध गरेर मात्र सङ्क्रमण नियन्त्रण नहुने बताए । कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिले चालु आर्थिकवर्षमा डेढ करोडभन्दा बढीको भौतिक संरचना तथा तटबन्ध निर्माण गर्ने योजना बनाएको छ ।
समितिको एघारौँ वार्षिक साधारणसभाका अवसरमा संस्थाका कोषाध्यक्ष मणिप्रसाद सुवेदीले धामको स्तरोन्नति, तटबन्ध, मूर्ती, खानेपानी शौचालय तथा पार्क निर्माण गर्ने योजनाबारे जानकारी दिए । यसका लागि १ करोड ५८ लाखको अनुमानित बजेट प्रस्तुत गरे । यसका लागि वाग्मती प्रदेश पर्यटन विकास आयोजनाबाट ३० लाख, हेटौंडा उपमहानगरपालिकाबाट २० लाख, तटबन्धका लागि जलउत्पन्न प्रकोप केन्द्रबाट ७० लाख, वडा कार्यालयबाट १० लाख र सहयोगी दाहरुबाट १० लाख बजेट प्राप्त हुने अनुमान रहेको बताए । 
धामले गतवर्ष ५२ लाख रुपैयाँ भौतिक संरचना निर्माणमा खर्च गरेको थियो । समितिले गत आर्थिक वर्षमा पाँच पाण्डवको मूर्ति निर्माण, पार्क, ढिडकुरेपाटीलगायतका संरचना निर्माण गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार