Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुँदै

brahamcharini-devi-1602984162.jpg

google

२ कार्तिक, हेटौंडा । हिन्दुहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । 
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । विशेष गरी राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्राली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पुजाआज गर्ने प्रचलन छ । 
यसैगरी उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनी, मकवानपुरको भुटनदेवी र चुरियामाई लगाएतका मन्दिर र शक्तिपिठहरुमा भक्तालुहरूको विशेष भिड सहित पुजाआज हुने गर्दछ ।
तर यसबर्ष भने कोरोना महामारीका कारण सरकारले मन्दिर तथा शक्तिपिठहरुमा भिडभाड नगर्न आग्रह गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार