Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फिफा वरीयतामा नेपाली फुटबल टिम १७० औं स्थानमा यथावत

NepalFootball_20200802174-1603368566.jpg

google

६ कार्तिक, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । यसअघि गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । 
कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ । जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन । तर, नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । 
नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । एक स्थान घटेको भारत १ सय ८ औं स्थानमा रहेको छ । 
यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् । 
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन् । स्पेन छैटौं, उरुग्वे सातौं, अर्जेन्टिना आठौं, क्रोएसिया नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार