९ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।
दुबईमा शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो ।
हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए । यस्तै विजय शंकरले २६ रन जोड्दा जोनी बेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले १५ रन बनाए ।
पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३/३ विकेट लिए । त्यस्तै मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।
पन्जाबका लागि निकोलस पुरनले अविजित रहदै सर्वाधिक ३२ रन बनाए । यस्तै कप्तान केएल राहुलले २७ रन जोड्दा क्रिस गेलले २० रन बनाए ।
मन्दिप सिंह १७ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्ने सकेनन् ।
पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका राशिद खान, सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए ।
जितसङ्गै पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले प्ले अफ सम्भावना समेत जीवित राखेको छ ।
हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको छैटौं स्थानमा रहेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







