स्थानियसँग छलफल गर्दै गाउँपालिका अध्यक्ष हुमागाईं र वडाध्यक्ष दाहाल
२९कार्तिक,हेटौडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिकासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकाका स्थानियाले गाउँपालिकाका अध्यक्षसँँग विभिन्न विकासका योजना माग गरेेका छन।
गाउँपालिका वडा नम्बर –६ सरङपुरबासीहरुले आफनो गाउँको लागि विभिन्न विकासका योजनाहरु माग गरेका हुन ।मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई आफनो गाउँमै बोलाएर यहाँका स्थानीयहरुले गाउँको विकासको लागि विभिन्न योजनाहरु प्रस्तुत गरेका हुन ।
स्थानीयले सडक स्तरोन्नती, विद्युतीकरण, शहिद बासुदेव मार्ग निर्माणमा प्राथकिताको माग गरेका थिए । यसैगरी सिंचाई, कृषि, रोजगार, स्वास्थ्य, शिक्षा, शिवम सिमेन्टको कारण उत्पन्न भएका प्रदुषण नियन्त्रण गर्नु पर्ने लगायतका विषयहरुमा समेत स्थानीयले जिज्ञासा राखेका थिए।गाउँपालिका अध्यक्ष हुमागाईले आफू स्थानीयले राखेका मागहरु पूरा गर्न सदैव तयार भएको बताएका छन् ।
"गाउँपालिकाले आफनो श्रोत साधनलाई अधिकतम प्रयोग गर्दै प्रदेश सरकारसँग मिलेर समेत काम गरेको छौ"- गाउँपालिका अध्यक्ष हुमागाईंले भने।अध्यक्ष हुमागाईले गाउँपालिकाले गरेका विभिन्न कार्यहरुको प्रचारप्रसार नभएकोमा गुनासो गर्दै भविष्यमा गाउँपालिकाले गरेका कार्यहरुको प्रचारप्रसार गरी सहयोग गर्न सञ्चारकर्मीहरुसँग आग्रह समेत गरेका थिए । कार्यक्रममा मकवानपुरगढी–६ का वडा अध्यक्ष टिकाप्रसाद दाहाल,श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि हुमागाई,संचारकर्मी भीमसेन पौडेल, सुनिल शिवाकोटी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















