Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इंग्लिस प्रिमियर लिगः लिड्सलाई हराउँदै म्यान यु शीर्ष तीनमा

37074070-9072393-image-a-1608518777.jpg

६ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले लिड्सलाई ६–२ गोल अन्तरले हराएको छ ।
आईतबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा म्यान युनाईटेडले लिड्समाथि फराकिलो जित दर्ता गरेको हो । खेलको दोस्रो मिनेटमै स्कट म्याकतोमिने म्यान युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासमा उनले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
लगत्तै तेस्रो मिनेटमा ब्यक्तिगत दोस्रो गर्दै म्यान युनाईटेडको अग्रता दोब्बर बनाए । एन्टोनी मार्टियलको पासलाई सदुपयोग गर्दै उनले सुरुवाती तीन मिनेटमै म्यान युनाईटेडलाई २–० ले अघि बढाए ।
ब्रुनो फर्कान्डेसले २० औं मिनेटमा म्यान युनाईटेडको अग्रता ३–० मा पुर्याए । मार्टियलकै पासलाई सदुपयोग गर्दै विक्टर निल्सन लिन्डेलोफले ३७ औं मिनेटमा म्यान युनाईटेडका लागि चौथो गोल गरे ।
पहिलो हाफ सकिन तीन मिनेट अघि लिड्सका लियान कुपरले गोल गर्दै गोल अन्तर घटाउने काम गरे ।
दोस्रो हाफमा समेत म्यान युनाईटेड रोकिएन । ६६ औं मिनेटमा ड्यानियल जेम्सले म्यान युनाईटेडलाई ५–१ को अग्रता दिलाए । ७० औं मिनेटमा ब्रुनोले पेनाल्टीमा घरेलु टोलीका लागि छैटौं गोल गरे ।
लिड्सका स्टुअर्ट डलासले गोल गर्दै हार अन्तर घटाउने काम गरे । जित सहित म्यान युनाईटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १४ औं स्थानको लिड्स रेलिगेशन जोन भन्दा ४ अंकले मात्र माथि छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार