उत्सब चौलागाईं
सत्ता कायर छ
र क्रुर पनि छ ।
कोपिलाहरू निमोठ्नुलाई
आमाका आँखाबाट महाकाली बगाउनुलाई
बाबुको शिरबाट सगरमाथा छेदन गर्नुलाई
सत्ता विकासको नियम भन्छ
डार्बिनको सिद्धान्त सम्झन्छ ।
ढुङ्गाका हृदय भएकाहरू
असुरका भक्त बन्छन्
उनीहरूलाई सधैँ प्रिय लाग्छ
कोपिलाहरूको आलो रगत
सत्ता ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद भन्छ
मार्क्सवाद सम्झन्छ ।
अरु मर्दा मात्र
आफ्नो जीवन देख्नेहरू
रमेका जस्ता मात्र देखिन्छन्
रम्न कहाँ सक्छन् र
बाँचेका जस्ता मात्र देखिन्छन्
बाँच्न कहाँ सक्छन् र ?
ठ्याक्कै मान्छेजस्तै देखिने
भ्रम मान्छेहरू
राक्षसका हातहरू बोकेर
आउँदा रहेछन् सत्तामा
कायर आगोहरू बोकेर
पस्दा रहेछन् मानव बस्तीहरूमा
उदण्ड हृदय बोकेर
छिर्दा रहेछन् फुलबारीहरूमा
सत्ता यसलाई क्रान्ति भन्छ
परिवर्तनको नियम सम्झन्छ ।
हो !
यही कुराबाट कान्छा
के तिमी सचेत छौ ?
के हामी सचेत छौँ ?
नयाँ दानवसँग
नयाँ कंससँग ।
सत्ता अजङ्गको छ
स्वयम् शक्ति सम्झन्छ
सर्वेसर्वा भन्छ
तिम्रो र उसको दुरी लामो छ
हाम्रो र उसको दुरी लामो छ ।
कान्छा !
सत्ता हाम्रो टाउको छोएर
भस्मासुर जस्तै कसम खान्छ
र होलीवाइन खान्छ ।
जस्तापाता खान्छ
सुन खान्छ
वाइडबडी खान्छ
हाम्रो मुटु खान्छ
माटो खान्छ ।
कान्छा तिमीले त
आफ्नै पसिना खाइरहेका छौ ।
तिमी पराक्रमी छौ
र मायालु पनि छौ
तर सत्ता कायर छ
र क्रुर पनि छ ।
कान्छा तिमीसँग पनि
प्रेमको सत्ता छ
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...













-1782436668.jpg)




