Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता सुरु

20210118_192908-1610977655.jpg

५ माघ, हेटौंडा । सोमबारबाट हेटौंडामा सुरु भएको भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ४ खेल सम्पन्न भएका छन् ।

सोमबार भएको चार खेलमा आयोजक हेटौंडा भेट्रान्स, डिल्लिबजार भेट्रान्स, जोरपाटी भेट्रान्स र फुटसल भेट्रान्स हेटौंडाले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगीता अन्तर्गत सोमबार भएको पहिलो खेलमा आयोजक हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६— १ गोलको अन्तरले पराजित गरेको छ । हेटौडा भेन्ट्रान्सको जितका लाग्ी कृष्ण मालाकार एक्लैले ४ गोल गरे भने बालकुमार गुरु« र निमा लामाले समान एक एक गोल गरे । कोल्बीको तर्फबाट परदेशी चौधरीले एकमात्र सान्तवना गोल फर्काए ।

यस्तै सोमबारै भएको दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौडालाई १–० गोल अन्तरले हराउँदै डिल्लि बजार भेट्रान्स काठमाण्डौ विजयी भएको छ । डिल्लिबजारका लागी उज्वल श्रेष्ठले गरेको एकमात्र गोल निर्णायक बन्यो ।यसैगरी सोमबार भएको तेस्रो खेलमा जोरपाटि भेट्रान्सले चितवन भेट्रान्सलाई १–०  गोल अन्तरले  पराजित गरेको छ । जोरपाटिको जितको लागी एकमात्र निर्णायक गोल दिपक लामा गरे ।

यस्तै सोमबारबो चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौडा विजयी भएको छ । फुटसल हेटौंडा भेट्रान्सले बीरगञ्ज युथ एकेडेमी लाई १–०  गोलले पराजित गरेको छ । फुटसल हेटौंडाका लागी सन्तोष श्रेष्ठले एकमात्रै निर्णायक गोल गरे । 

छैटौ संस्करणको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले ५१ हजार १ सय ११ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

यसअघि हेटौंडा भेट्रान्स कल्बका उपाध्यक्ष नबराज बज्रचार्यको सभाअध्यक्षतामा भएको औपचारीक कार्यक्रमका विच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रतियोगिताको उद्घाटन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

थप समाचार