Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

मकवानपुर गढीमा मिडियाको भुमिका बारे अभिमुखीकरण कार्यक्रम

20210126_183759-1611665787.jpg

१३ माघ, हेटौँडा । मकवानपुर गढीगाउँपालिकामा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

पालिका संचार  प्रा लिको आयोजना,मकवानपुर गढी पत्रकार समाजको संयोजन तथा मकवानपुर गढीगाउँपालिकाको सहयोगमा कृषि तथा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

मकवानपुर गढीगाउँपालिका पत्रकार समाजका अध्यक्ष सरिता दाहालको सभाध्यक्षता तथा मकवानपुर गढीगाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको  प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। 

कार्यक्रम गढी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्र कान्त चौधरीले पालिकाले गत तथा यस आर्थिक वर्ष पुस महिना सम्म कृषि क्षेत्रमा भएगरेको उपलब्धी तथा कृषि प्रबर्द्धनमा गरिन सकिने कार्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनीले पर्यटन प्रवर्द्धनमा भएगरेका प्रगतिको बारेमा  कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हुमागाईंले कृषि तथा पर्यटन प्रवर्द्धन र अन्य क्षेत्रको प्रवर्द्धनमा मिडियाको भुमिका महत्वपुर्ण रहेने बताएका छन् । उनले गाउँपालिकाका ८ वटै वडामा हुदै गएको विकासमा मिडिया पहरेदार भएको बताए ।

अभिमुखीकरण कार्यक्रम नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट ,महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल,गढीगाउँपालिका प्रवक्ता तथा गढी ३ का वडाध्यक्ष भागवत घिमिरे, रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष अर्जुन प्रसाद दाहाल, प्रेस युनियन मकवानपुरमा अध्यक्ष तथा महासंघ उपाध्यक्ष कुमार अधिकारी, प्रेस संगठन मकवानपुर अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहाल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार