२०माघ,हेटौँडा । रेडियो मकवानपुरको बार्षिक उत्सवको आयोजित मिडिया कप फुटसल प्रतियोगितामा रेडियो सन्देश र टिम टिभि फाइनलमा प्रवेश गरेका छन्।आज भएको रेडियो सन्देश रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।
यस्तै आज भएको अर्को खेलमा टिम टिभीले सकृय पत्रकार समूह र नवयुग अनलाइन मिडियालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
फाइनल खेलअघि महिला पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत हुने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेश दर्पण अधिकारीले बताएका छन्।आजबाट सुरु भएको मिडिया कप फुटसलको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँले मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा , मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेश कोइराला, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियन उपाध्यक्ष मणिराज गौतम, मकवानपुर जिल्ला फुटबल संघ सदस्य विकेशलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
मिडियाकप फुटबलको फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ।रेडियो आफ्नो बार्षिक उत्सवको अवसरमा गतबर्ष देखि प्रतियोगिता गर्दै आएको छ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







