Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

सेभेन सेन्सेस ग्रुपद्वारा राक्सिराङको एक विद्यालयमा शैक्षिक सामाग्री सहयोग

20210209_192259-1612878105.jpg

२७ माघ,हेटौँडा । सेभेन सेन्सेस ग्रुपले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा रहेको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ।गुप्रले राक्सिराङ-९ मा रहेको तेनसुराङ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो।

तामाङ तथा बढी चेपाङ जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामग्रीको अभावले पछाडि परिरहेको अवस्थामा सेभेन सेन्सेस ग्रुपले विद्यालयमै पुगी शैक्षिक सामग्री सहयोग गरेको 

छ ।दीपेश जोशी, बसन्त कप्रौला, गोकर्ण सुवेदी, विज्ञान रिमाल, रमेश काफ्ले, सरोज गहतराज, सुजन ढकाल, रोहितशाही, हरिशर्मा लामिछाने, जीवन ढकाल, लालबहादुर पौडेललगायत युवा व्यवसायीको सहयोगमा मंगलबार विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो  । 

सहयोगी हातहरुले विद्यालयमा अध्ययनरत  विद्यार्थीलाई स्वीट्र, टोपी, झोला, कापी, ४ वटा सेतोपार्टी बोर्ड विद्यालयका प्रधानाध्यापक रामनारायण ढकाललाई हस्तान्तरण गरेका हुन ।दुर्गम ठाउँमा अवस्थित अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पु¥याउने उद्देश्यले करिव १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको ग्रुपका सदस्य दीपेश जोशीले जानकारी दिए ।

विद्यालयको शैक्षिक स्थिति कमजोर भएकोले विभिन्न दातृ निकाय संस्थासँग सहयोग माग्दै विद्यालय सञ्चालन गरिरहेको तेनसुराङ विद्यालयका प्रधानाध्यापक रामनारायण ढकालले बताए । स्थानीय तहले कर्मचारीलाई तलवमात्र वितरण गर्ने तर शैक्षिक सामग्रीमा कुनै सहयोग नगरेमा उनले गुनासो पोखे ।  कक्षा १ देखि ३ सम्म अध्यापन हुने विद्यालयमा करिव ६३ जना विद्यार्थी अध्ययनरत रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार