Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो

Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । पराजिय भएसँगै चेन्नइ आईपीएलको प्रतिश्पर्धाबाट बाहिरिएको छ ।
अन्तिम ६ खेलमा पुनरागमन गर्दै बेंग्लोर प्लेअफमा पुगेको हो । प्लेअफमा पुग्नेक्रममा बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नईलाई २७ रनले पराजित ग¥यो । बेंग्लोर आईपीएलको प्लेअफमा पुग्ने अन्तिम टोली हो । यसअघि नै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन् । 
चौथो स्थानमा रहेर लिग सक्काएको बेंग्लोरले ७ जितसहित १४ अंक जोड्यो। समान जितसहित १४ अंक रहेपनि चेन्नई पाँचौँ स्थानमा झ¥यो । बेंग्लोरको नेटरननेट ०.४५९ रह्यो। यता, चेन्नईको भने ०.३९२ रह्यो । 
चेन्नईले २०१ रन बनाएको भएपनि बेंग्लोर प्लेअफ दौडबाट बाहिरिने समीकरण थियो । तर, बेंग्लोरले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनाउन सक्यो ।
चेन्नईका रचिन रविन्द्रले सर्वाधिक ६१ रन बनाए । ३७ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। अजिंक्य रहाणे ३३ र महेन्द्रसिंह धोनी २५ रनमा आउट हुँदा रविन्द्र जडेजा ४२ र शार्दुल ठाकुर १ रनमा अविजित रहे । 
चेन्नईका अन्यले ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । बेंग्लोरका यश दयालले सर्वाधिक २ विकेट लिए। ग्लेन म्याक्सवेल, मोहम्मद सिराज लौकी फर्ग्युसन र क्यारुन ग्रीनले १÷१ विकेट लिए । त्यसअघि एम चिन्नास्वामी स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो ।
बेंग्लोरका कप्तान फाफ डुप्लेसीले सर्वाधिक ५४ रन बनाए । ३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर विराट कोहली ४७, रजन पाटीदार ४१, ग्लेन म्याक्सेवल १६ र दिनेश कार्तिक १४ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३८ रनमा अविजित रहे । चेन्नइका शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ६१ रन खर्चिए । तुषार देशपाण्डे र मिचेल स्यान्टेनरल १÷१ विकेट लिए 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार